default_image

7 years ago

May 29, 2019

हरिशंकरको अलराउन्ड प्रर्दशनमा प्रदेश २ विजयी

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश २ ले पहिलो जित हात पारेको छ ।

बुधबार टियु क्रिकेट मैदानमा भएको खेलमा कर्णालीलाई ९ विकेटले पराजित गरेको छ । पहिलो खेलमा प्रदेश २ आर्मीसँग १ सय ७१ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

९४ रनको सामान्य लक्ष्य प्रदेश २ ले १६ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्यो । प्रदेश २ लाई सहज जित दिलाउन ओपनर हरि शंकर शाहले ६४ बलमा ७ चौका सहित ५५ रनमा अविजित रहे । त्यस्तै रवि शाह १५ बलमा १ चौका सहित १६ रनमा नट आउट रहे ।

सातौं ओभरको पाँचौ बलमा प्रकाश जैशीले विकेटकीपर सुसान्त थाहाबाट क्याच गराउनु अघि हासिम अन्सारीले १८ बलमा ३ चौका सहित १७ रन बटुले ।

त्यसअघि कर्णालीका लागि प्रकाश जैशीले सर्वाधिक ३७ रनको योगदान दिए । ३० ओभरको तेस्रो बलमा कुमार थापाले क्याच आउट गराउनु अघि ५४ बलमा ४ चौका प्रहार गरे । सुरुवात देखिनै खराब प्रर्दशन गरेको कर्णालीले पहिलो विकेट दोस्रो ओभरको पाँचौ बलमा सुसान्त थापालाई ४ रनमा गुमाएको थियो । सुसान्तलाई दिवान्सु मलिकले एलवीडब्लू आउट गरे ।

नवौं ओभरको दोस्रो बलमा राशिद खानले निश्चिल रावललाई विकेटकीपर हासिम अन्सारीलाई ४ रनमा क्याच आउट गराए । १३ ओभरको पहिलो बलमा साम्सद शेखले दिनेश पुनलाई ७ रनमा बोल्ड आउट गरे । १८ ओभरको पाँचौ बलमा कप्तान रविन्द्र जंग शाहीलाई कुमार थापाले १४ रनमा बोल्ड आउट गरेपछि कर्णाली संकटमा परेको थियो । शाहीले २९ बलमा २ चौका प्रहार गरे । कर्णालीको निरन्तर विकेट पतन जारी रह्यो ।

महेश खत्री डक, ललित प्याकुरेल ५, दिनेश अधिकारी र दिवान पुन समान ४ रनमा आउट भए । प्रदेश २ का लागि कुमार थापाले ८ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । हरि शंकर शाह,साम्सद शेख र राशिद खानको नाममा समान २ विकेट रह्यो । दिवान्सु मलिक १ विकेट लिए ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.