7 years ago
May 30, 2019
एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी आर्सनलमाथि फराकिलो जित निकाल्दै लन्डन क्लब चेल्सी युरोपा लिग च्याम्पियन बनेको छ ।

अजरबैजानको बाकुमा बुधबार राति भएको खेलमा चेल्सीले आर्सनललाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै युरोपा लिग च्याम्पियन बनेको हो ।
चेल्सीको फराकिलो जितमा सम्भवत अन्तिम खेल खेलिरहेका बेल्जियन फरवार्ड इडेन हजार्डले दुई तथा ओलिभर जिरुड र पेड्रो रोड्रिग्वेजको समान १ गोल गरे । आसर्नलका एलेक्स इओवीले एक गोल फर्काए ।
पहिलो हाफ प्रतिस्पर्धात्मक बनेपनि दोस्रो हाफमा चेल्सीले एकपक्षीय खेल बनाउदा आसर्नल निरिह बनेको थियो । दोस्रो हाफमा चेल्सी छाड्ने तयारीमा रहेका हजार्डले उच्च प्रदर्शन गरेपछि चेल्सीले फराकिलो जित निकाल्न सफल भयो ।

दोस्रो हाफको शुरुबाटै आक्रमक फुटबल खेलेको चेल्सीले २३ मिनेटको अन्तरमा ५ गोल हुँदा चेल्सीले ४ गोल गर्दै जित पक्का गरेको थियो । ४९औं मिनेटमा जिरुडले इमरर्सनको पासमा गोल गर्दै चेल्सीले खेलमा सुरुवाती अग्रता लिएको थियो । ६०औ मिनेटमा पेड्रोले हजार्डको पासमा गोल गदै चेल्सीलाई २–० को अग्रता दिलाए ।
६५औं मिनेटमा हजार्डले पेनाल्टीमार्फत गोल गरेपछि चेल्सी सहज जिततर्फ अग्रसर बनेको थियो । जिरुडलाई आर्सनलका मेटल्यान्ड निल्सले बक्सभित्र लर्डापछि चेल्सीले पेनाल्टीको मौका पाएको थियो । जसलाई हजार्डले कुनै गल्ती गरेनन् ।

६९औं मिनेटमा एलेक्स इओवीले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याउदै आर्सनललाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, ७२औं मिनेटमा हजार्डले जिरुडको पासमा गोल गर्दै चेल्सीलाई ४–१ को फराकिलो जित दिलाएर युरोपा लिग च्याम्पियन बनाए ।
हजार्डको लागि चेल्सीमा यो नै अन्तिम खेल र उपाधि हुने लगभग पक्का देखिएको छ । उनी स्पेनिस महारथी रियल म्याड्रिडमा जाने तयारी छन् । हजार्डको विषयमा चेल्सी र रियलबीच सम्झौतानजिक पुगेको बताइएको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]