7 years ago
May 30, 2019
एजेन्सी – चेल्सीका स्टार विंगर इडेन हाजार्डले आफू नयाँ चुनौतिको सामना गर्न तयार रहेको बताएका छन् । बिहीबार युरोपा लिग फाइनलमा आर्सनलविरुद्ध २ गोल गर्दै चेल्सीलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हाजार्डले क्लब छाड्ने संकेत देखाएका हुन् ।

लामो समयदेखि स्पेनिस क्लब रियल म्याड्रिडसंग उनको नाम जोडिंदै आएको थियो । हाजार्डले क्लबको नाम नतोकेपनि चेल्सीका लागि भने यो अन्तिम खेल हुनसक्ने बताएका छन् । खेलपछि बोल्दै हाजार्डले भने, ‘ मेरो भविष्यबारे मैले केहि साताअघि नै निर्णय लिइसकेको थिएँ । आजको लागि मेरो लक्ष्य उपाधि जित्नु थियो र त्यसमा सफल भएँ । अब दुवै क्लबको निर्णयको प्रतीक्षामा छु,’ उनले भने ।
‘ यो खेल नै चेल्सीको लागि मेरो अन्तिम खेल हुनसक्छ । तर फुटबल हो भन्न सकिन्न । प्रिमियर लिगमा खेल्नु मेरो सपना थियो र मैले विश्वको उत्कृष्ट मध्यको क्लबमा ७ वर्ष खेल्न पाएँ । अब भने मैले नयाँ चुनौतीको सामना गर्ने विचार गरेको छु,’ हाजार्डले भने । हाजार्डलाई रियल म्याड्रिडले अनुबन्धन गर्ने औपचारिक कदम पनि चलिसकेको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]