default_image

7 years ago

May 30, 2019

डिबाला भित्र्याउन बायर्न उत्सुक

145 views

0 Bookmark

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले इटालियन च्याम्पियन युभेन्टसबाट अर्जेन्टिनी फरवार्ड पाउलो डिबालालाई क्लबमा अनुबन्धन गर्ने प्रयास गरेको छ ।

सिजनको अन्त्यसँगै दुइ सिजनका लागि लोनमा आएका मिडफिल्डर हामेस रोड्रीग्वेज म्याड्रिड फर्केसँगै बायर्न आक्रमणमा खेलाडीको खोजीमा छ । अनुभवी विंगरद्वय आर्जेन रोबेन र फ्रान्क रिबेरीको प्रस्थानले बायर्न झनै समस्यामा परेको छ । यस्तो अवस्थामा बायर्नले डिबालालाई क्लबमा ल्याउने तयारी थालेको हो ।दुई क्लबबीच एक चरण वार्ता पनि भइसकेको जर्मन संचारमध्यमले जनाएका छन् ।

पछिल्लो समय लगातार लिग उपाधि जितिरहेपनि डिबाला युभेन्टसमा आफ्नो भूमिकालाई लिएर निराश छन् । रोनाल्डोको आगमनसँगै उनले पहिलो रोजाइमा सिमित अवसर पाएका छन् र त्यो आउने सिजन पनि परिवर्तन हुने सम्भावना कम छ । यस्तो अवस्थामा डिबालाले पनि अन्त्यत्र जाने सम्भावना प्रबल रहेको छ ।

बायर्नले इटालियन क्लबसंग पहिलो बैठकमा ८० मिलियन युरोको प्रस्ताव राख्ने तयारी गरेको थियो । तर युभेन्टसले १ सय मिलियन युरोको माग गरेको छ । बायर्नले खेलाडीसंग सम्झौता गर्न सके ट्रान्सफर रकममा सहमति हुन सक्ने बुझिएको छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.