7 years ago
May 30, 2019
एजेन्सी – बेल्जियन फरवार्ड इडेन हजार्डको दुई गोल मद्दतमा चेल्सी युरोपा लिगको च्याम्पियन बन्न सफल भयो । चेल्सीले बुधबार राति अजरबैजानको बाकुमा भएको फाइनलमा आर्सनललाई ४–१ ले हराएर च्याम्पियन बनेको हो ।

सम्भवत चेल्सीका लागि अन्तिम खेल खेलिरहेका हजार्डले ६५औं मिनेट र ७२औं मिनेटमा गोल गर्दै चेल्सीको जित पक्का गरेका थिए ।
रेफ्रीले फाइनल ह्वीसिल बजाए लगत्तै हजार्डले समर्थकमाझ ‘गुड बाई चेल्सी’ भनेका छन् । ‘मेरो विचारमा चेल्सीका लागि यो नै मेरो अन्तिम खेल र अन्तिम उपाधि हुनेछ । तर, मैले फुटबल छाड्न लागेको हैन । मलाई अर्काे चुनौती छ । म नयाँ चुनौती सामना गर्न तयार छु ।’ हजार्डले खेल लगत्तै भने, ‘मैले मेरो निर्णयको बारेमा दुई साताअघि नै भनेका थिए । अब यो चेल्सी (दुवै क्लब) मा निहित छ । म अन्तिम प्रतीक्षामा छु । यसबारे केही दिनमा नै थाहा हुनेछ । ’
स्रोतका अनुसार हजार्डलाई अनुबन्ध गर्न चेल्सी र स्पेनिस क्लब रियल म्याड्रिडबीच ११५ मिलियन पाउन्डमा सहमत भएको बुझिएको छ । यसबारे दुवै क्लबले छिट्टै घोषणा गर्नेछन् ।
सन् २०१२ मा फ्रेन्च क्लब लिलेबाट चेल्सी आएका २८ वर्षीय हजार्डले चेल्सीमा २४५ खेल खेल्दै ८५ गोल गरेका छन् । चेल्सीमा रहँदा हजार्डले २०१४/१५ र २०१६/१७ मा इंग्लिस प्रिमियर लिग, २०१७/१८ मा एफए कप, २०१४/१५ मा लिग र २०१२/१३ र १०१८/१९ मा युरोपा लिग जित्न सफल भएका थिए ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]