default_image

7 years ago

May 30, 2019

राष्ट्रिय टोली रोज्दा किरणको क्लब सम्झौता रद्द

125 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रमुख गोलरक्षक किरण चेम्जोङको माल्दिभ्सको शीर्ष डिभिजन लिग च्याम्पियन ट्रस्ट एन्ड केयर (टिसी) स्पोर्ट्ससँग सम्झौता नहुने भएको छ । किरणले राष्ट्रिय टोलीबाट हुने मैत्रीपूर्ण खेललाई प्राथमिकता राखेपछि क्लबले उनीसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको हो । यसअघि दुवै पक्षबीच मौखिक सहमति भएपछि किरणले आफ्नो तर्फबाट सम्पूर्ण कागजपत्रमा हस्ताक्षर गरेर क्लबलाई बुझाएका थिए ।

राष्ट्रिय टोलीले जुन २ मा मलेसिया र जुन ६ मा चाइनिज ताइपेइसँग खेल्ने कार्यक्रम रहेको छ । किरणसँगै राष्ट्रिय टोलीका अर्का सदस्य विमल घर्तिमगर पनि टिसीबाट खेल्ने मे महिनाको पहिलो साता माल्दिभ्स जाने कार्यक्रम थियो । तर राष्ट्रिय टोलीका लागि भिसाको प्रक्रिया अगाडी बढ्द कागजपत्रमा ढिलाई भएपछि दुवै खेलाडी मे तेस्रो साता जाने कार्यक्रम तय भएको थियो । क्लबले त्यसको लागि पनि आवश्यक स्वीकृति दिएको थियो ।

प्रशिक्षक कालिनले राष्ट्रिय टोलीको खेलमा किरणको उपस्थिति हुनुपर्ने माग राखेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफाको नियमअनुसार नै क्लबलाई पत्राचार पनि गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । सामान्यतया फिफाले मान्यता दिएको मैत्रीपूर्ण खेलका लागि क्लबले ४८ घण्टाअघि खेलाडीलाई राष्ट्रिय टोलीका लागि उपलब्ध गराउनुपर्ने नियम रहेको छ । क्लबले भने किरणलाई राष्ट्रिय टोलीको खेलका लागि छाड्न नमिल्ने अडान राख्यो ।

त्यसअघि क्लबले लिखित रुपमा किरणसँग सम्झौतामा हस्ताक्षर गरेपनि आफ्नो तर्फबाट भने हस्ताक्षर गरेको पत्र किरण माल्दिभ्स पुगेपछि मात्र दिने वाचा गरेको थियो । विमलको हकमा पनि यहि प्रक्रिया रहेको थियो । विमल चोटका कारण राष्ट्रिय टोलीमा परेका छैनन् । जसकारण उनी अब केहि दिनमा नै माल्दिभ्स प्रस्थान गर्नेछन् । किरणको हकमा भने राष्ट्रिय टोलीमा सहभागिता जनाउने भएपछि क्लबले उनलाई आफ्नो दर्ता टोलीमा सहभागी नगराउने र नयाँ सम्झौता पनि नगर्ने जानकारी दिएको छ । टिसीले जुन ७ र १० तारिखमा फोकाइडु एफसीसँग खेलाडी सिजनको सुरुवात गर्दैछ ।

गोलरक्षक किरणले क्लबले मौखिक सहमति गरेर आफ्नो तर्फबाट पत्रमा हस्ताक्षर गरेर पठाएपछि यस्तो कदम चालेकोमा दुख व्यक्त गरे । ‘मैले राष्ट्रिय टोलीबाट खेल्ने पहिला नै जानकारी गराएको थिएँ । यस विषयमा क्लबसँग सहमति भएको थियो । एन्फाबाट पनि समयमा पत्र पुगेको थियो । राष्ट्रिय टोलीको खेल हुने समयमा माल्दिभ्समा क्लबको खेल जुध्ने भएपछि क्लबले अर्को निर्णय लियो । मैले कानुनी रुपमा पनि केहि गर्ने अवस्था रहेन,’ उनले सुनाए ।

किरण अब राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेलेपछि नेपाल नै फर्कनेछन् । एसियाको अधिकांश राष्ट्रमा ट्रान्सफर विन्डो बन्द भइसकेको कारण अब नयाँ क्लब खोज्न निकै कठिन हुने उनले जानकारी दिए । यद्यपि उनले नयाँ क्लबको खोजि भने जारि रहने बताए ।

किरणले टिसी स्पोर्ट्समा यसअघि दुइ सिजन बिताइसकेका छन् । पहिलो सिजनमा बंगलादेशमा भएको शेख कमल अन्तर्राष्ट्रिय गोल्ड कपको उपाधि दिलाउन उल्लेख्य भूमिका खेलेका किरण गत सिजन झनै उत्कृष्ट लयमा थिए । टिसीले लिग उपाधि जित्दा किरण लिगको उत्कृष्ट गोलरक्षकका साथै माल्दिभ्स फुटबल संघकै सर्वोत्कृष्ट गोलरक्षक चुनिएका थिए ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.