7 years ago
May 30, 2019
एजेन्सी – जर्मन प्रशिक्षक योर्गेन क्लोपको आफ्नो टोलीलाई फाइनल पुर्याउने सिलसिला राम्रो छ । तर फाइनल पुगेपछि सफलता भने त्यसअनुसार प्राप्त गर्न सकेका छैनन् ।

शनिबार च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलले टोटेनहम हट्सपरको सामना गर्दा क्लोपसँग लगातार ६ फाइनल खेलको हारको सिलसिलामा पूर्णविराम लगाउने चुनौती पनि हुनेछ । त्यसमध्य दुई हार च्याम्पियन्स लिग फाइनलमा नै भोगका छन् । यसकारण पनि च्याम्पियन्स लिग फाइनलमा हारको ह्याट्रिक नहोस भन्ने लक्ष्यसाथ मैदानमा देखिनेछन् ।
५१ वर्षीय प्रशिक्षक क्लोप लिभरपुल आएयता चौथो फाइनल खेल्दैछन् । उनको यो क्लबमा तेस्रो सिजन हो । आफ्नो प्रशिक्षक करिअरमा भने क्लोप आठौं पटक फाइनल खेल्दैछन् । हालसम्म क्लोपले सम्हालेका टोलीले फाइनलमा कस्तो प्रदर्शन गरेका छन् त ?
२०१२ मे १२ : जर्मन कप फाइनल
बोरुसिया डर्टमुन्ड ५-२ बायर्न म्युनिख
२०१३ मे २५ : च्याम्पियन्स लिग फाइनल
बोरुसिया डर्टमुन्ड १-२ बायर्न म्युनिख
२०१४ मे १७ : जर्मन कप फाइनल
बोरुसिया डर्टमुन्ड ०-२ बायर्न म्युनिख
२०१५ मे ३० : जर्मन कप फाइनल
बोरुसिया डर्टमुन्ड १-३ वल्फसबर्ग
२०१६ फेब्रुअरी २८ : लिग कप फाइनल
लिभरपुल १-१ म्यानचेस्टर सिटी (टाइब्रेकरमा सिटी ३-१ ले विजयी)
२०१६ मे १८ : युरोपा लिग फाइनल
लिभरपुल १-३ सेभिल्ला
२०१८ मे २६ : च्याम्पियन्स लिग फाइनल
रियल म्याड्रिड ३-१ लिभरपुल
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]