default_image

7 years ago

May 30, 2019

रोहित इन्डोनेसियाबाट शनिबार मलेसिया पुग्ने

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द इन्डोनेसियाबाट शनिबार मलेसिया पुग्ने भएका छन् । नेपाल र मलेसियाबीच आइतबार मैत्रीपूर्ण खेल हुँदैछ ।

रोहित इन्डोनेसियामा व्यवासायिक फुटबल खेल्दै आएका छन् । उनको टोली पेर्सिजाले शुक्रबार बालीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । त्यो खेलपछि रोहित मलेसिया जाने उनका दाजु रोविनले हाम्रो खेलकुदलाई जानकारी दिए ।

मलेसियापछि नेपाली टोलीले जेठ २३ गते चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीका अन्य सदस्य बिहीबार मलेसिया पुगेका छन् । विदेशी प्रशिक्षक जोहान कालिनको नेतृत्वमा दोस्रो पटक विदेश यात्रामा निस्केको छ ।

यसअघि नेपाली टोलीले दुई मैत्रीपूर्ण खेलका लागि कुवेत भ्रमण गरेको थियो । कुवेतसँगको पहिलो खेलमा गोलरहित बराबरी खेलेको नेपाली टोलीले अर्को खेलमा १–० ले हार बेहोरेको थियो ।

नेपाली फुटबल टोली 
गोलरक्षक – किरण चेम्जोङ, एलन न्यौपाने, विकेश कुथु

डिफेन्डर – विराज महर्जन, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवी सिलवाल

मिडफिल्डर/फरवार्ड-तेज तामाङ, सुनिल बल, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, सुजल श्रेष्ठ, विमल राना, रविशंकर पासवान, अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.