default_image

7 years ago

May 31, 2019

सुआरेज उरुग्वेको टोलीमा समावेश

168 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका स्टार स्ट्राइकार लुइस सुआरेज आसन्न कोपा अमेरिकाका लागि उरुग्वेको अन्तिम २३ सदस्यीय टोलीमा समावेश भएका छन्  ।

घुँडाको चोटका कारण उनी टोलीमा पर्नेमा शंका गरिएको थियो । तर, प्रशिक्षक ओस्कार टावारेजले सुआरेजलाई समावेश गदै २३ सदस्यीय टोली तयार पारेका हुन् । चोटकै कारण सुआरेजले भ्यालेन्सियाविरुद्धको कोपा डेल रेको फाइनल खेल गुमाएका थिए । फाइनलमा बार्सिलोना २–१ ले पराजित भएको थियो ।

यस्तै प्रशिक्षक टावारेजले चोटसँगै संघर्ष गरिरहेको फ्रेन्च क्लब पीएसजीका फरवार्ड एडिन्सन काभानीलाई पनि टोलीमा समावेश गरेका छन् । एट्लेटिको मड्रिडका पुर्व डिफेन्डर डिएगो गोडिनले टोलीको कप्तानी सम्हाल्नेछन् । उनले यसै सिजन क्लब छाड्ने घोषणा गरिसकेका छन् ।

उरुग्वेले कोपा अमेरिका कप अघि पानमासँग मैत्रीपुर्ण खेल खेल्दैछ । समूह ‘सी’ मा रहेको उरुग्वेले १६ जुनमा इक्वेडरसँग खेल्दै कोपा अमेरिका कपको शुरुवात गर्नेछ । यो समूहमा साविकको विजेता चिली र जापना रहेका छन् ।

उरुग्वेको पुर्ण टोली :
मार्टिन कामपाना, फर्नान्डो मुसलेरा, मार्टिन सिल्भा, मार्टिन कासेरेस, सेवास्टियन कोएटेस, जोसे जिमिनेज, डिएगो गोडिन, मार्सेलो सराच्ची, जियोर्जियन, रोड्रिगो बेन्टानकर, जियोभानी गोन्जालेज, डिएगो लाजल्ट, निकोलस रोडेरो, नाहीथन नान्डेज, गास्टन पेरेरियो, लुकास टोरेरा, फेडरिको भालभार्डे, म्याटियस भेसिनो, इडिन्सन काभानी, म्याक्सी गोमेज, जोनाथन रोड्रिग्वेज, क्रिस्टियन स्टुआनी र लुइस स्वारेज ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.