default_image

7 years ago

May 31, 2019

कप्तान रामोस म्याड्रिडमै रहने

136 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका कप्तान सर्जियो रामोस क्लबमै रहने भएका छन् । सेन्टरब्याक तथा रियलका कप्तान रामोस सन् २०२१ सम्म क्लबमै रहने क्लब तथा रामोसले उल्लेख गरेका छन् ।

रियलमा उनको सम्झौता २०२१ सम्म छ । सोही सम्झौता अवधिसम्म रामोस रियलमै रहने क्लबले जनाएको छ । क्लबका अध्यक्ष फियोरेन्टिना पेरेज र रामोसबीच राम्रो सम्बन्ध हुन नसकेपछि रामोसले क्लब छाड्ने धम्की दिदै चिनिया सुपर लिग (सिएसएल) जाने समाचार सञ्चार माध्यममा छाएको थियो ।

अध्यक्ष पेरेजले रामोसलाई क्लबमै रहन अनुरोध गर्दै रामोस पैसाका लागि चिनिया सुपर लिगमा जान नसक्ने बताएका थिए ।

३३ वर्षीय कप्तान रामोसले रियलसँगको सम्झौतार आफ्नो खेल करियर यही अन्त्य गर्ने बताएका छन् । ‘म यहाँ लगातार १५औं सिजन क्लबमा रहेको छु । म रियलमा आफ्नो खेल करियर अन्त्य गर्न चहान्छु । यसका लागि म रियलसँग थप सम्झौता गर्नेछु,’ रामोसले भने, ‘म र अध्यक्ष पेरेजबीच बुवा छोराको जस्तै सम्बन्ध छ । हामी लामो समयसँगै छौ । मलाई लगातार पेरजको टिममा हुदा गर्व महसुस हुन्छ ।’

रामोस सन् २००५ मा सेभियाबाट रियल पुगेका थिए । उनले रियलबाट ४ च्याम्पियन्स लिग, ४ स्पेनिस ला लिगा, ४ फिफा क्लब विश्वकप जितेका छन् । यस्तै तीन कोपा डेल रे, ३ स्पेनिस कप र तीन युरोपियन सुपर कप जितेका छन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.