7 years ago
June 3, 2019
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका सुपर स्टार लियोनल मेसीले च्याम्पियन्स लिगमा युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डाको दबदबालाई तोडेका छन् । मेसीले रोनाल्डोको दबाबलाई तोड्दै यो वर्ष च्याम्पियन्स लिगको गोल्डेन बुट जितेका छन् ।

३१ वर्षे मेसीले युरोपियन च्याम्पियन्स लिगमा १२ गोल गर्दै आफुलाई हकदार बनाउँदा लगातार छ पटक गोल्डेन बुट जितेका रोनाल्डो यो सिजन पछि परेका छन् । गोल्डेन बुट अर्जेन्टिनाका कप्तान मेसीको यो वर्षको तेस्रो अवार्ड हो । उनले यसअघि युरोपियन गोल्डेन सु र पिचिची ट्रफी जितेका थिए ।
सिजनको सुरुवातमा रोनाल्डो युभेन्ट्स पुगेको थियो । उनी पहिलो वर्ष नै सिरिएको उत्कृष्ट खेलाडी चुनिएका थिए । उनको टोली सिरिए च्याम्पियन बनेको थियो । यद्दपी विगतका वर्षहरुमा भन्दा यसपटक रोनाल्डोको गोल संख्या भने घटेको छ । उनले यो सिजन ४३ खेलमा २८ गोल मात्र गरे ।
मेसी र रोनाल्डोले गरि बालोन डी ओर १० पटक जितेका छन् । यी दुई बीच फेरि एक बालोन डी ओरका लागि पतिस्पर्धा गर्नेछन् । च्याम्पियन्स लिग विजेता लिभरपुलका भर्जील भान डाइकले मेसीलाई बोलोन डी ओरको मुख्य दाबेदारका रुपमा रहेको बताएका छन् ।
मेसी, रोनाल्डोबाहेक लिभरपुलका मोहम्मद सलाह र साडियो मानेलाई पनि बालोन डी ओरको दाबेदारका रुपमा हेरिएको छ ।
मेसीको यो सिजन
– च्याम्पियन्स लिग उच्च गोलकर्ता
– ला लिगा सर्वाधिक गोलकर्ता
– ला लिगामा सर्वाधिक असिस्ट गर्ने खेलाडी
– ४९ मध्ये ४२ खेलमा पहिलो रोजाईमा
– गोल संख्या – ५०
– एसिस्ट – १९
– ह्याट्रिक – ४
– फ्रिकिक गोल – ८
– ला लिगा विजेता
– कोपा डेल रे (फाइनल)
– गोल्डेन बुट विजेता २०१८÷१९
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]