default_image

7 years ago

June 3, 2019

फ्रान्सको जितमा ग्रिज्मनको गोल

152 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा विश्व विजेता फ्रान्स विजयी भएको छ । घरेलु मैदानमा फ्रान्सले बोलिभियालाई २–० ले हराएको हो ।

फ्रान्सको जितमा थोमर लेमार र एन्टोइन ग्रिजमनले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको पाँचौ मिनेटमा नै लेमारको गोलबाट फ्रान्सले अग्रता बनाएको थियो ।

४३औं मिनेटमा ग्रिजमनले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २–० ले अघि बढाए । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा विश्व च्याम्पियन फ्रान्स २–० ले विजयी हुन सफल भयो ।

फ्रान्स युरो कप छनोटको तथा बोलिभिया कोपा अमेरिका कपको तयारीमा छ । फ्रान्सले युरो छनोटमा ९ जुनमा टर्की तथा १२ जुनमा एन्डोरासँग खेल्दैछ ।

बोलिभियाले १५ जुनमा ब्राजिल तथा १९ जुनमा पेरु तथा २३ जुनमा भेनेजुएलासँग कोपा अमेरिका कपमा प्रतिस्पर्धा गर्दैछ ।

अन्य मैत्रीपुर्ण खेलमा टर्कीले उज्वेकिस्तानमाथि २–० को जित निकाल्यो । भेनेजुएला र एक्वेडरले १–१ गोलको तथा लक्जेमवर्ग र माडागास्करले ३–३ गोलको बराबरी खेले ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.