7 years ago
June 3, 2019
लिभरपुल (एजेन्सी)– युरोपियन च्याम्पियन लिभरपुल प्रशिक्षक योर्गन क्लोपसँग पारिश्रमिक बढाएर लामो सम्झौता गर्ने तयारीमा रहेको छ । वर्षको १० मिलियन पाउन्ड सहित टोलीले क्लोपलाई लामो समयको लागि जिम्मेवारी दिने तयारी गरिएको बताएको छ ।

शनिबार प्रिमियर लिग प्रतिद्वन्द्वि टोटेनहमलाई २–० ले हराउँदै लिभरपुल आइतबार स्वेदश फर्केको थियो । टोलीको स्वागतमा क्लबका हजारौं समर्थक सडकमा ओर्लेका थिए ।
सन् २००५ पछि पहिलो पटक च्याम्पियन्स लिग जितेको लिभरपुलको त्यो क्लब इतिहासमा छटौं युरोपियन च्याम्पियन उपाधि हो । पछिल्लो तीन सिजन प्रशिक्षक क्लोप बार्षिक ७ मिलियन पाउन्डमा क्लबमा रहेका थिए । अब क्लबका मालिकहरु पनि उनको सम्झौता लम्बाउनुका साथै पारिश्रमिक बढाउने योजनामा छन् ।

क्लबका अध्यक्ष टोम वार्नरले ५१ क्लोपको तारिफ गरेका छन् । ‘उपाधि जितेपछि खेलाडीले खुसीले उनलाई उचालेका थिए । समर्थकलाई पनि थाहा छ उनको महत्व क्लबमा कत्ति छ भन्ने । उनी उत्कृष्ट प्रशिक्षक हुन्,’ त्यो भन्दा पनि ठूलो कुरा उनी निकै विनम्र छन् । समर्थकको महत्व उनले पनि बुझेका छन् ।’
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]