7 years ago
June 5, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोली चाइनिज ताइपेइसँगको मैत्रीपूर्ण फुटबल खेल्न मंगलबार त्यहाँ पुगेको छ । नेपाली टोली मलेसियाबाटै चाइनिज ताइपेइ गएको हो । नेपाल र चाइनिज ताइपेइबीच बिहीबारका लागि मैत्रीपूर्ण खेल तय छ ।

दुई वटा मैत्रीपूर्ण अन्तर्गत पहिलो खेलका लागि नेपाली टोली शुक्रबार मलेसिया पुगेको थियो । आइतबार भएको खेलमा नेपाली टोलीले घरेलु टोलीलाई २–० को नतिजा सुम्पेको थियो । फिफा वरियतामा नेपाल भन्दा पछाडि भएपनि मलेसिया जित निकाल्न सफल भयो । विश्व कप छनोटमा नेपाल एसियाली वरियताका शीर्ष ३४ भित्र पर्न सफल भएकोले सोझै दोस्रो चरण खेल्ने पाउने भएको छ । मलेसियाले भने प्ले अफ खेल्नु पर्नेछ ।
प्रशिक्षक योहान कालिनले जिम्मेवारी सम्हालेयता नेपालले ३ मैत्रीपूर्ण खेल खेलिसकेको छ । मलेसियाअघि नेपालले कुवेतविरुद्ध २ मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा गोलरहति बराबरी खेलेको नेपालले दोस्रो खेलमा १–० को हार बेहोरको थियो । नेपालले पछिल्ला तीन खेलमा गोल गर्न सकेको छैन ।
यो पढ्नुहोस : मलेसियाविरुद्ध हारपछि यसो भन्छन् प्रशिक्षक कालिन
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]