7 years ago
June 4, 2019
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले जर्मन क्लब आइन्ट्राक्ट फ्रान्कफर्टबाट सर्बियन फरवार्ड लुका जोभिचलाई भित्र्याएको छ ।

रियलले जोभिचलाई अनुबन्धन गर्न ६० मिलियन युरो खर्च गरेको छ । जोभिचको पूर्व क्लब बेन्फिकाले पनि उक्त ट्रान्सफर रकमबाट २५ प्रतिशत रकम प्राप्त गर्नेछ । उनले क्लबसँग ५ वर्षको लागि सम्झौता गर्नेछन् । उनले यस अवधिमा ५० मिलियन युरो कमाउनेछन् ।
जोभिच सन् २०१७ मा बेन्फिकाबाट लोनमा फ्रान्कफर्ट आएका थिए । केहि साताअघि मात्र जर्मन क्लबले उनलाई क्लबमा स्थायी रुपमा अनुबन्ध गरेको थियो । छोटो समयमा नै जर्मन क्लबले ठूलो फाइदा गरेको छ ।
जोभिचले बुन्डेसलिगाको ३१ खेलमा १७ गोल गरेका थिए । युरोपा लिगमा पनि सेमिफाइनल पुगेको फ्रान्कफर्टका लागि उनले १० गोल गरे । फ्रान्कफर्ट युरोपा लिगको सेमिफाइनलमा चेल्सीसँग टाइब्रेकरमा पराजित भएको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]