default_image

7 years ago

June 5, 2019

स्टुरिज र मोरेनोले लिभरपुल छाड्ने

101 views

0 Bookmark

एजेन्सी – ड्यानियल स्टुरिज र अल्वर्टाे मोरेनोले लन्डन क्लब लिभरपुल छाड्ने भएका छन् । दुवै खेलाडीको सम्झौता सकिएसँगै क्लबले नवीकरण नगर्ने भएसँगै उनीहरुले लिभरपुल छाड्ने पक्का भएको हो ।

क्लबले उनीहरुको सम्झौता नवीकरण नहुने बताएका छन् । दुवै खेलाडीको सम्झौता यसै महिना सकिदैछ । च्याम्यिन्स लिग विजेता स्टुरिज २०१३ जनवरीमा लन्डन क्लब चेल्सीबाट लिभरपुल पुगेका थिए । उनले लिभरपुलका लागि १६० खेल खेल्दै ६७ गोल गरेका छन् ।

यता, सन् २०१४ मा स्पेनिस क्लब सेभियाबाट लिभरपुल पुगेका मोरेनोले लिभरपुलका लागि १४१ खेल खेल्दै मात्र ३ गोल गरेका छन् । दुवै खेलाडीले सन् २०१८/१९ को सिजनमा पहिलो रोजाईमा पर्न निकै संघर्ष गर्नुपरेको थियो । स्टुरिजले ८ खेलमा पहिलो रोजाईमा खेल्दा मोरेनोले जम्मा ४ खेलमा शुरुवाती मौका पाएका छन् ।

अग्रपङ्तिमा मोहम्मद सलाह, रोवर्टाे फिर्मिनो र साडियो माने रहँदा स्टुरिजले पछिल्लो दुई सिजन निकै कम मौका पाएका थिए ।

प्रशिक्षक योर्गेन क्लोपले ड्रेसिङ रुममा उनको सहभागिता रेड्सको सफलतामा निकै महत्वपुुर्ण भुमिका रहेको बताएका छन् । ‘मेरो स्क्वाडमा धेरै खेलाडी छन् । स्टुरिजले लिभरपुलका लागि धेरै दिएका छन् । उनी लिभरपुलका अभिभावक जस्तै बनेका छन् ।’ क्लोपले भने, ‘लिभरपुलको यो सिजनको सफलतामा उनले महत्वपुर्ण भुमिका निभाएका छन् ।

उनी लिभरपुलका लागि महत्वपुर्ण र ठुला खेलाडी हुन् । उनी स्मार्ट, आत्मविश्वासी र निडर खेलाडी हुन् । उनी युवा खेलाडीका लागि प्रेरणाको स्रोत हुन् । उनी एक वेस्ट फिनिसर हुन् । मैले उनमा त्यो क्षमता देखेको छु ।’

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.