default_image

7 years ago

June 5, 2019

बलियो ताइपेइविरुद्ध गोलको खोजि

211 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले बिहीबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा चाइनिज ताइपेइको सामना गर्दैछ । ताइवानस्थित काओसिउङ रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ४:४५ बजे सुरु हुनेछ ।

नेपालले आइतबार भएको खेलमा मलेसियासँग २-० को हार बेहोरेको थियो । उक्त खेल प्रशिक्षक कालिनका लागि लगातार दोस्रो हार थियो । दुई महिनाअघि मात्र नेपाल आएका कालिनले कुवेतविरुद्ध भएको पहिलो खेलमा गोलरहित बराबरी तथा दोस्रोमा १-० को हार बेहोरेका थिए । उनले हालसम्म खेलेका तीनै खेलमा नयाँ खेलाडी प्रयोग गर्दै आएका छन् । तीनै खेलमा गोल गर्न नसकेको नेपाल ताइपेइविरुद्ध गोलको खोजीमा हुनेछ ।

खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक कालिनले ताइपेइविरुद्ध खेल कठिन हुने बताए । ‘ हामी बलियो टोलीको सामना गर्दै आफ्नो परिक्षण गर्न तयार छौं । हाम्रो युवा टोली छ र बिस्तारै एकतृत हुँदैछौं । खेल कठिन हुनेछ तर हाम्रो लागि यो निकै महत्त्वपूर्ण अनुभव पनि हुन्छ । आशा छ राम्रो प्रदर्शन हुनेछ,’ उनले भने ।

प्रशिक्षक कालिनले खेलाडीहरु नियमित रुपमा घाइते हुने समस्या र अझैपनि टोलीका खेलाडीबारे बुझ्न बाँकी रहेकाले पहिलो रोजाईको खेलाडी छान्न कठिन भएको बताए । ‘ मलेसियाविरुद्ध फरवार्डको प्रदर्शन राम्रो रहन सकेन । खेलाडी घाइते हुने समस्या पनि छ । नयाँ टोली भएकाले स्थिर हुन केहि समय लाग्छ । म उपलब्ध खेलाडीलाई लिएर खुसी छु,’ उनले भने ।

कालिनले विश्वकप छनोटका लागि तयारी गरिरहेको हुनाले बलियो टोलीसँग खेल्ने बानि पार्नु भविष्यमा राम्रो हुने बताए । नेपालले फिफा विश्वकप २०२२ छनोटको दोस्रो चरणमा सिधै स्थान बनाएको हो । मलेसियाले भने प्लेअफमा टिमोर लेस्टेसँग खेल्दैछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.