7 years ago
June 5, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा एसियाली पावरहाउस जापान क्यारेवियन ट्रिनिडाड एन्ड टोबागोसँग बराबरीमा रोकिएको छ ।

बुधबार साँझ भएको मैत्रीपुर्ण खेलमा जापान ट्रिनिडाड एन्ड टोवागोसँग गोलरहित बराबरीमा रोकिएको हो ।
खेलभर जापानले दवाव सिर्जना गरेपनि ट्रिनिडाडको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन पुग्यो । जापानले १९ सट प्रहार गरेपनि गोल गर्न सकेनन् ।

जापान ब्राजिलमा आयोजना हुने कोपा अमेरिका कप खेल्ने तयारीमा छ । त्यसअघि जापानले इएल साल्भाडोरसँग मैत्रीपुर्ण खेल खेल्दैछ । जापान कोपा अमेरिका कपमा चिली, उरुग्वे र इक्वेडर रहेको समूह ‘सी’ मा छ ।
जापान ले १८ जुनमा चिलीसँग खेल्दै कोपा अमेरिका कपको शुरुवात गर्दैछ ।
ट्रिनिडाड एन्ड टोवागो कोन्काफ गोल्डकप खेल्ने तयारीमा छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]