7 years ago
June 6, 2019
एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा पोर्चुगल युइएफए नेसन्ल लिगको फाइनलमा पवेश गरेको छ ।

पोर्टाेमा बुधबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले स्वीट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो ।
पछिल्ला चार अन्तर्राष्ट्रिय सहभागितामा गोल गर्न नसकेको रोनाल्डोले ह्याट्रिक पुरा गरेका हुन् । पोर्टाेमा खेलको २५औं मिनेटमा रोनाल्डोले २५ यार्ड टाढा प्राप्त फ्रिकिकमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० ले अघि रहेको पोर्चुगलले दोस्रो हाफमा थप दुई गोल गर्दा १ गोल खान पुगेको थियो । ५७औं मिनेटमा रिकार्डाे रोड्रिग्वेजले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । नेल्सन सेमेडोले स्टेभन जुवेरलाई लडाएपछि भिएआरको सहायतामा प्राप्त पेनाल्टीमा रिकार्डाेले कुनै गल्ती गरेनन् ।
त्यसअघि पोर्चुगलले पेनाल्टी पाएपनि भिएआरको सहायतामा उक्त पेनाल्टी अपिल सफल भएन । ८८औं मिनेटमा रोनाल्डोले बर्नाडो सिल्भाको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २–१ ले अघि बढाए ।
९०औं मिनेटमा रोनाल्डोको ह्याट्रिक पुरा गर्दै टिमलाई ३–१ को जित दिलाए । ग्राइन्ट जाहाले मिडफिल्डमा लुज गरेको बललाई रोनाल्डोले अघि बढाउदै गोल गरेका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]