7 years ago
June 6, 2019
एजेन्सी – इटाली तथा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का भेट्रान गोलरक्षक जियानलुइजी बुफोनले क्लब छाड्ने भएका छन् ।

सम्झौता नवीकरण नभएसँगै भेट्रान गोलरक्षक बुफोनले पीएसजी छाड्ने पक्का भएको छ । भेट्रान गोलरक्षक बुफोनले क्लब छाड्ने पुष्टि गरेको छ ।

४१ वर्षीय बुफोन गतवर्ष जुलाईमा एक वर्षका लागि युभेन्टस छाड्दै पीएसजी आएको थियो । उनको सम्झौता यसै महिनाको अन्त्यसँगै सकिदैछ ।

‘आजबाट इटाली बाहिरको मेरो यात्रा सकिएको छ । पीएसजीले मलाई नवीकरणको लागि आग्रह गरेको थियो । तर, नयाँ अनुभवका लागि मैले क्लबसँगको सम्झौतमा नवीकरण गरिन ।’ बुफोनले भने, ‘म विशेषगरी क्लबका अध्यक्ष नासिर अल खेलाइफी र टिम सहयात्रीलाई विशेष धन्यवाद दिन चहान्छु । म क्लबलाई थप सफलताको शुभकामना दिन चहान्छु । पिएसजी छाड्ने निर्णयमा खुशी छु ।’ अब कहाँ जाने केही कुरा उल्लेख छैन ।

इटालीका पुर्व कप्तान तथा गोलकिपर बुफोनले १७ वर्ष युभेन्टसमा बिताएर पीएसजी आएका थिए । उनले यो सिजन पीएसजीका लागि २५ खेल खेले । यसक्रममा उनले ९ क्लिन सिट राखे । जसमा दुई उपाधि समेत छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]