default_image

7 years ago

June 6, 2019

नेयमारले कोपा अमेरिका गुमाउन सक्ने !

111 views

0 Bookmark

एजेन्सी – स्टार फरवार्ड नेयमारले घरेलु भुमि ब्राजिलमा आयोजना हुने कोपा अमेरिका कप गुमाउने सम्भावना बढेको छ ।

बिहीबार बिहान कतारविरुद्धको मैत्रीपुर्ण खेल दौरान चोट बोक्दै मैदानबाट बाहिरिएसँगै उनले कोपा अमेरिका गुमाउन सक्ने सम्भवाना बढेको हो । नेयमारले चोट बोकेको मैत्रीपुर्ण खेलमा ब्राजिल २–० ले विजयी भएको छ ।

चोटका कारण उनी निकै असहज र गहभरि आशु पार्दै मैदानबाट बाहिरिएका थिए । उनको खुट्टामा चोट लागेको छ । खेल्न असहज भएपछि उनी खेलको २१औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । उनलाई एभर्टनले विस्थापित गरेका थिए ।

नेयमार यसअघि पनि कोपा अमेरिका कपको तयारीका क्रममा प्रशिक्षण दौरान घाइते हुन पुगेका थिए । चोटबाट फर्किएलगत्तै मैत्रीपुर्ण खेल खेलेको नेयमार पुनः घाइते हुन पुगेका हुन् ।

ब्राजिलले कोपा अमेरिका कपअघि होन्डुरससँग मैत्रीपुर्ण खेल खेल्दैछ । कोपा अमेरिका कपमा ब्राजिल रहेको समूह ‘ए’ मा बोलिभिया, पेरु र भेनेजुएला रहेका छन् । ब्राजिलले १४ जुनमा बोलिभियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

ब्राजिल सन् २००७ यता कोपा अमेरिकामा च्याम्पियन बन्न सकेको छैन ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.