7 years ago
June 10, 2019
एजेन्सी – आयोजक पोर्चुगल युइएफए नेसन्स लिग च्याम्पियन बनेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्डलाई १–० ले परजित गर्दै च्याम्पियन बनेको हो ।

पोर्चुगल सन् २०१६ को युरोकपपछि अर्काे ठुलो प्रतियोगिता नेसन्स लिगमा च्याम्पियन बन्न सफल भएको हो । रोनाल्डोको ५३औं ह्याट्रिक मद्दतमा पोर्चुगलले सेमिफाइनलमा स्वीट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
पोर्टाेमा भएको खेलमा पोर्चुगललाई च्याम्पियन बनाउन दोस्रो हाफमा गोन्कालो गुइडेसले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ६०औं मिनेटमा बर्नाडो सिल्भाको पासमा गोल गरेका थिए ।
गोन्कालोको ६०औं मिनेटमा बर्नाडो सिल्भाको पासमा पेनाल्टी बक्स नजिकैबाट गरेको प्रहार गोलरक्षकको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।
पहिलो हाफमा घरेलु टोलीले नेदरल्यान्डलाई दवावमा राखेपनि गोल गर्न असफल भएको थियो । ११औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोको प्रहार डिफेन्डर ब्लिन्डले विफल पारिदिएका थिए ।

१२औं मिनेटमा ब्रुनो फर्नान्डेजको कर्नरबाट आएको बललाई विलियन कार्भाल्होको हेड गोलरक्षक जस्पर सेलिसनले सहजै बचाए । २८औं मिनेटमा रोनाल्डोको शक्तिशाली प्रहार भर्जिल भान डाइकले क्लियर गरिदिदा पोर्चुगल अग्रता लिनबाट चुकेको थियो । ३१औं मिनेटमा रोनाल्डो पुनः गोल गर्नबाट चुके ।
दोस्रो हाफमा भने नेदरल्यान्डले घरेलु टोलीलाई दवावमा राखेपनि पोर्चुगलको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन ।
५७औं मिनेटमा नेदरल्यान्डका मेम्फिस डिपेले गोल गर्न सकेनन् । त्यसको ३ मिनेटपछि पोर्चुगलका गोन्कालो गुइडेजले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए ।
६६औं मिनेटमा डोनी भान डि भिक गोल गर्न चुक्दा बराबरीको मौका गुम्यो । खेलको अन्तिम समयतिर पोर्चुगलले २ मौका गुमाएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा पोर्चुगल १–० ले नै विजयी हुन सफल भयो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]