7 years ago
June 11, 2019
एजेन्सी – सन् २०२२ को विश्वकप छनोट अन्तरगतको एसियन क्षेत्रको छनोटको पहिलो चरणको दोस्रो लेगमा भुटानले फराकिलो हार बेहोरेको छ ।

पहिलो लेगमा १–० को जित सफलता हात पारेको भुटान दोस्रो लेगमा गुआमसँग ५–० को भारी अन्तरले पराजित भएको हो । गुआम समग्रमा ५–१ को जित निकाल्दै दोस्रो चरणमा पुग्न सफल भयो ।
गुआमको फराकिलो जितमा कुनलिफीले ह्याट्रिक पुरा गरे । इसिया लगुटाङ र सेन माल्कमले समान १ गोल गरे ।
गुआममा भएको खेलमा २३औं मिनेटमा लगुटाङले गोलबाट गुआमले खेलमा अग्रता लिउको थियो । २७औं मिनेटमा कुनलिफीले गोल गरेपछि गुआमले पहिलो हाफमा २–० को अग्रता बनायो । ५१औं मिनेटमा माल्कमले गोल गरेपछि गुआम ३–० को आरमदायी अग्रतामा पुग्यो । त्यसपछिको दुवै गोल कुनलिफीको नाममा रह्यो । ८२औं र ९०औं मिनेटमा कुनलिफीले गोल गर्दै ह्याट्रिक पुरा गर्दै टोलीलई ५–० को फराकिलो जित दिलाए ।
नेपालले एसियाली वरीयताको शीर्ष ३४ स्थानमा परेपछि सिधै दोस्रो चरणको छनोट खेल्नेछ । दोस्रो चरणको छनोटमा नेपालले एसियाका महारथी टोलीसँग होम एन्ड अवे पद्दतिमा हुने छनोट समूहमा खेल्नुपर्ने छ । नेपालले अघिल्लो साता चाइनिज ताइपेइसँग १-१ को बराबरी खेलेको थियो ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]