7 years ago
June 13, 2019
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले नयाँ सिजनका लागि खेलाडी अनुबन्धन गर्ने क्रममा पाँचौ खेलाडीका रुपमा फ्रान्सेली क्लब लियोनका डिफेन्डर फर्लान्ड मेन्डीलाई भित्र्याएको छ ।

रियलले ४७ मिलियन पाउण्ड खर्च गरेर मेन्डीलाई अनुबन्धन गरेको हो । २४ वर्षीय लेफ्ट ब्याकले रियलसँग ६ वर्षको लागि सम्झौता गरेका छन् । फ्रान्सेली राष्ट्रिय टोलीबाट खेलिसकेका मेन्डीले गत सिजन लियोनबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले आफ्नो युवा करिअर पेरिस सेन्ट जर्मेन (पीएसजी) को एकेडेमीबाट सुरु गरेका थिए ।
रियलले यसअघि बेल्जियमका इडेन हाजार्ड, सर्बियाली स्ट्राइकर लुक्का जोभिच र पोर्टोका डिफेन्डर इडर मिलिसाओलाई अनुबन्धन गरिसकेको छ । ब्राजिलका १८ वर्षीय फरवार्ड रोड्रीगो पनि गत सिजन नै अनुबन्धन भएपनि नयाँ सिजन देखि क्लबमा सामेल हुँदैछन् । रियलले यी खेलाडीलाई अनुबन्धन गर्न करिब ३ सय मिलियन पाउण्ड खर्चेको छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]