7 years ago
June 13, 2019
एजेन्सी – इंगलिस प्रिमियर लिग २०१९/२० सिजनको खेल तालिका सार्वजनिक भएको छ । तालिकाअनुसार चिर परिचित प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड र चेल्सी पहिलो सातामै आमनेसामने हुने भएका छन् ।

साविक विजेता म्यानचेस्टर सिटीले उपाधि रक्षा गर्ने सिलसिला वेस्ट ह्याम युनाइटेडको मैदानबाट सुरु गर्नेछ । गत सिजनको उपविजेता लिभरपुलले सिजनको नै पहिलो खेलमा नर्विचको सामना गर्नेछ । च्याम्पियन्स लिग फुटबल गुमाएको आर्सनलले न्युकासल युनाइटेडसंग खेल्नेछ । यसै सिजन बढुवा भएको एस्टन भिल्लाले च्याम्पियन्स लिगको उपविजेता टोटेनहम हट्स्परको सामना गर्दैछ ।
बढुवा भएको अर्को टोली सेफिल्ड युनाइटेडले बर्नमाउथसँग खेल्नेछ । गत सिजन पनि पहिलो खेल खेलेका वाटफर्ड र ब्राइटन यस सिजन पनि आमनेसामने हुँदैछन् । बर्नली र साउथह्याम्पटन आमनेसामने हुँदैछन् । क्रिस्टल प्यालेस र एभरटन भिड्दा वल्भ्स र लेस्टरको प्रतिस्पर्धा हुनेछ ।
पहिलो साताको पूर्ण तालिका:

December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]