default_image

7 years ago

June 13, 2019

नेयमारबिनै ब्राजिलले उपाधि जित्ने ३ कारण

151 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमार चोटका कारण घरेलु मैदानमा हुने कोपा अमेरिकामा सहभागी हुने छैनन् । कोपा अमेरिका सुरु हुनुभन्दा केहि दिन अघिमात्र कतारविरुद्ध मैत्रीपूर्ण खेलका क्रममा नेयमार घाइते भएका हुन् ।

नेयमार विश्वका सर्वश्रेष्ठ खेलाडीमा गनिन्छन । ब्राजिलले सन् २००७ देखिको उपाधिको खडेरी तोड्न नेयमारको भूमिका महत्त्वपूर्ण रहने अपेक्षा गरिएको थियो । तर घरेलु मैदानमा नेयमार उपस्थित हुन नसक्ने अवस्थामा पनि ब्राजिललाई खासै घाटा भएको देखिन्न । नेयमार बिनै ब्राजिलले कोपा अमेरिका जित्न सक्ने तीन कारण यसप्रकार छन् :

३. टोलीको उत्कृष्ट लय

कोपा अमेरिका सुरु हुनलाग्दा ब्राजिल प्रतियोगिताको सबैभन्दा उत्कृष्ट लयमा रहेको टोली रहेको छ । घरेलु मैदान भएकाले यसैपनि ब्राजिललै अन्य टोलीभन्दा बढी फाइदा हुनेछ । पछिल्लो १० खेलमा ब्राजिलले ९ जित र १ बराबरी खेलेको छ । ब्राजिलले पछिल्लो तीन वर्षयता एकै पद्दतिमा खेल्दै आएको छ । विश्वकपमा बेल्जियमसँग पराजित हुनुबाहेक ब्राजिलको प्रदर्शन राम्रो रहेको छ । कोपा अमेरिकामा सहभागिता जनाइरहेका अन्य ठूला टोली भने खासै राम्रो लयमा छैनन् । यसले पनि ब्राजिलको उपाधि सम्भावना बलियो बनाएको छ ।

२. बलियो डिफेन्स

ब्राजिल आक्रमणका लागि जति प्रख्यात छ डिफेन्समा पनि उत्तिकै स्तरीय खेलाडी उत्पादन गर्ने गर्दछ । यसपटक ब्राजिलको मुख्य डिफेन्डरका रुपमा अनुभवी डिफेन्डर थियागो सिल्भा र मिरान्डा रहनेछन् । यी दुईलाई युवा खेलाडीद्वय पीएसजीका मार्किन्होस र रियलका नयाँ डिफेन्डर इडर मिलिसाओले आवश्यक पर्दा सहयोग गर्नेछन् ।

यसबाहेक ब्राजिलसँग विङ्गब्याकका रुपमा विश्वकै उत्कृष्ट खेलाडी उपलब्ध रहेका छन् । कप्तान ड्यानी आल्भेसले राइट ब्याकको भूमिका निर्वाह गर्नेछन् । अर्कोतर्फ एटलेटिको म्याड्रिडका फिलिपे लुइस र युभेन्ट्सका एलेक्स स्यान्ड्रो पनि रहेका छन् । यसबाहेक डिफेन्सका तीन सदस्यले क्लब फुटबलमा सँगै खेल्नुले पनि ब्राजिललाई फाइदा हुनेछ । ब्राजिलले पछिल्ला ३६ खेलमा १० गोल मात्र खाएको छ । रक्षात्मक मिडफिल्डमा क्यासेमिरो र आर्थरको उपस्थितिले डिफेन्सलाई थप सहज पुग्नेछ । गोलरक्षकमा एलिसन र एडरसनको प्रतिस्पर्धा झनै रोमान्चक रहेको छ ।

१. आक्रमणमा आशालाग्दा युवा प्रतिभा

ब्राजिलले ग्रेमिओबाट व्यावसायिक फुटबल खेल्दै आएका २३ वर्षीय एभरटन सोआरेसलाई पनि टोलीमा समेटेका छन् । ब्राजिलको घरेलु लिगमा सुरुवाती ५ खेलमा ३ गोल गर्दै उनले सिनियर टोलीमा स्थान बनाए । उनको द्रुत गति र उत्कृष्ट बल नियन्त्रणले उनको खेल्ने शैली अझै प्रभावशाली देखिन्छ । उनले टोटेनहमका लुकास मोउरा, शाख्तार डोनेस्कका टाईसन र युभेन्ट्सका डग्लस कोस्टालाई पछि पार्दै टोलीमा स्थान बनाएका हुन् ।

प्रशिक्षक टिटेसँग आयाक्सका २२ वर्षे विंगर डेविड नेरेस र एसी मिलानका आक्रामक मिडफिल्डर लुकास पाकेटा पनि विकल्पका रुपमा छन् । यसबाहेक लिभरपुलका रोबर्टो फिर्मिनो र बार्सिलोनाका फिलिपे कोउटिन्हो नेयमारको स्थान लिन सक्छन् । ग्यब्रिएल जेससले आक्रमणको बागडोर सम्हाल्दा रिचार्लीसनले अर्को विंग सम्हाल्ने पक्कापक्कि देखिन्छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.