default_image

7 years ago

June 14, 2019

बार्सिलोनालाई नकार्दै १८ वर्षीय जापानी फरवार्ड रियलमा अनुबन्धित

142 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले १८ वर्षीय जापानी खेलाडी ताकेफुसा कुबोलाई अनुबन्धन गरेको छ । जापानी क्लब एफसी टोकियोबाट २ मिलियन युरोमा कुबो रियल आएका हुन् ।

यसअघि जापानका १८ वर्षीय ताकेफुसा कुबोलाई क्लबमा ल्याउन बार्सिलोना र रियलले नै अन्तरिक तयारीमा थालेका थिए । देशबाहिरका खेलाडीलाई १८ वर्ष नपुग्दै अनुबन्धन गर्न नपाइने हुँदा बार्सिलोना यसअघि पनि समस्यमा परिसकेको थियो । यसै वर्ष जुनमा १८ वर्ष पूरा भएपछि रियलले कुबोलाई अनुबन्धन गरेको हो । उनले रियलको दोस्रो टोलीमा रहेर करिअर सुरु गर्नेछन् ।

रियल र बार्सिलोनासँगै पीएसजीले पनि पछिल्लो समय ताकेका एजेन्टलाई सम्पर्क गरेको थियो । तर कुबोले रियललाई नै आफ्नो रोजाइमा राखेका थिए । यसअघि बार्सिलोनाले उनलाई उमेर नपुग्दै भित्र्याउँदा फिफाले कारवाही गरेको थियो । त्यसबेला उनले बार्सिलोनामा ३ वर्ष बिताउँदै उमेर समूहमा खेलेका थिए । कारवाहीपश्चात उनी जापान फर्केर त्यहाँको शीर्ष डिभिजनको लिग खेलेका थिए ।

कुबो आक्रामक मिडफिल्डमा खेल्दै गोल गर्ने अवसर सिर्जना गर्न माहिर मानिन्छन् । उनले आफ्नो उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । प्राविधिक रुपमा निपुण ताकेले १६ वर्षको उमेरमा नै जापानको यू-२० टोलीबाट खेलिसकेका थिए । कुबो जापानको कोपा अमेरिका खेल्ने टोलीमा पनि सम्मिलित छन् । जापानको समूहमा इक्वेडर, चिली र उरुग्वे रहेका छन् ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.