default_image

5 years ago

June 14, 2019

सकंटालाई हराउँदै नुवाकोट च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नुवाकोट–११ दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । ‘ए’ डिभिजन टोली सिएमजी क्लब संकटालाई टाइब्रेकरमा पराजित गर्दै नुवाकोटले उपाधि जितेको हो । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा शुक्रबार भएको फाइनलमा नुवाकोटले संकटालाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै च्याम्पियन बनेको हो । निर्धारित समयको खेल १–१ गोलको […]

54 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नुवाकोट–११ दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । ‘ए’ डिभिजन टोली सिएमजी क्लब संकटालाई टाइब्रेकरमा पराजित गर्दै नुवाकोटले उपाधि जितेको हो ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा शुक्रबार भएको फाइनलमा नुवाकोटले संकटालाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै च्याम्पियन बनेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा नुवाकोटका रुपेश केसी, भिक्टर, रमेश घिसिङ, अभिशेक वर्मा र राजिव लोप्चनले गोल गरे । संकटाका अमित तामाङ, दिपेश आलेमगर, अर्नेस्ट टाम्पीले गोल गर्दा रोमन लिम्बुको प्रहार बाहिरिएको थियो ।

त्यसअघि खेलको २३ औ मिनेटमा पुजन उपरकोटीको गोलबाट संकटाले खेलमा अग्रता बनाएको थियो । खेल सकिन ७ मिनेट बाँकी रहँदा नुवाकोटका भिक्टरले बराबरी गोल फर्काएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । फाइनल खेलमा नुवाकोट ११ का गोलरक्षक अर्पण कार्की म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।

च्याम्पियन बनेसँगै नुवाकोटले ६ लाख रुपैया हात पार्यो । दोस्रो भएको संकटाले ३ लाख रुपैयामा चित्त बुझायो । नुवाकोटका रुपेश केसी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोष्ति भए । उनले ५० हजार पाए । नुवाकोटकै देव चित्रकार उत्कृष्ट प्रशिक्षक चुनिए । उनले २० हजार रुपैया पाए । विजयी टोली तथा खेलाडीलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले पुरस्कृत गरे ।
गत २२ जेठबाट शुरु भएको प्रतियोगितामा विभिन्न १० टोलीले सहभागिता जनाएका थिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.