default_image

7 years ago

June 19, 2019

तीन गोल मान्य नहुँदा ब्राजिल बराबरीमा रोकियो

104 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूह चरणको दोस्रो खेलमा घरेलु टोली ब्राजिल भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिएको छ ।

ब्राजिलले खेल अवधिभर बल पोसेसन र आक्रमणमा पकड बनाएपनि गोल गर्न नसक्दा अंक बाँड्नुपरेको हो । ब्राजिलले तीन पटक बल पोस्टभित्र छिराएपनि पटक-पटक फरवार्ड रोबर्टो फिर्मिनोको कारण गोल मान्य भएको थिएन । पहिलो हाफको ३९ औं मिनेटमा कप्तान ड्यानी आल्भेसको क्रसमा फिर्मिनोले गोल गरेपनि त्यसक्रममा उनले डिफेन्डर भिलानुएभालाई फल गरेपछि रेफ्रीले गोललाई मान्यता दिएनन् ।

दोस्रो हाफको ६० औं मिनेटमा ब्राजिलले गोल गरेको भन्दै खुसियाली पनि मनायो । फरवार्ड ग्यब्रिएल जेससले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहारलाई फिर्मिनोले रोक्दै रिबाउन्डमा जेससले नै गोल गरेका थिए । तर रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै फिर्मिनो अफसाइड रहेको निर्णय दिए ।

खेलको तीन मिनेट बाँकी रहँदा कोउटिन्होले गोल गरेपनि उक्त गोल पनि मान्य भएन । वैकल्पिक खेलाडी एभरटनले बलमा उत्कृष्ट नियन्त्रण देखाउँदै दिएको पासलाई फिर्मिनोलाई लाग्दै कोउटिन्होले गोलमा परिणत गरेपनि रेफ्रीले भीएआरकै सहायता लिँदै गोललाई मान्यता दिएनन् । उक्त मुभमा फिर्मिनोले ह्यान्डबल गरेको भेनेजुएलाका खेलाडीहरुको अपिल थियो ।

यस बराबरीसँगै ब्राजिलले अंक तालिकामा २ खेलमा १ जित र १ बराबरीका साथ शीर्षस्थान कायम रहेको छ । आजै भएको अर्को खेलमा पेरुले बोलिभियालाई ३-१ ले पराजित गर्दै दोस्रो स्थान हासिल गरेको छ । अब समूह विजेता छिनोफानोका लागि अन्तिम खेलमा ब्राजिल र पेरु भिड्नेछन् । ब्राजिल र पेरुको ४-४ अंक तथा भेनेजुएलाको २ र बोल्भिया अंकविहिन छ ।

यो पनि : कोपा अमेरिकाको खेल तालिका नेपाली समयमा

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.