6 years ago
June 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गरेपछि टिसी स्पोर्ट्सले लिग अन्तर्गत बिहीबार भएको खेलमा क्लब इगल्सविरुद्ध हारबाट जोगिएको छ । उनको माल्दिभ्स लिगमा ‘डेब्यु’खेल पनि थियो ।

खेलको इन्ज्युरी समयको अन्तिम मिनेटमा विमलले गोल गरेपछि लिग च्याम्पियन टिसीले १-१ को बराबरी खेल्दै अपराजित यात्रालाई कायम राखेको हो । पहिलो खेलमा टिसी ४-० ले विजयी रहेको थियो । बिहीबार क्लब इगल्सले खेलको ८२ औं मिनेटमा अलि फसिरको गोलमा अग्रता लिएको थियो । काउन्टर अट्याक गर्ने क्रममा टिसीका दुई डिफेन्डरको गल्तिको फाइदा उठाउँदै फसिरले गोल गरे ।
इन्ज्युरी समयमा विमलले हेडर मार्फत गोल गर्दै टिसीलाई अंक दिलाए । उनले दायाँ विंगबाट आएको क्रसलाई ६ यार्ड बक्सभित्रबाट गोलमा परिणत गरेका थिए । विमलले टिसीका लागि पछिल्लो लिग खेलमा खेलेका थिएनन् । उनले लिग डेब्युमै गोल गरेका हुन् ।
यसअघि च्यारिटी सिल्डमा विमलले दुई गोल गर्दा टिसीले सिजनको सुरुवात नै उपाधिबाट गरेको थियो । विमल यसै सिजन एक वर्षका लागि टिसी स्पोर्ट्स पुगेका हुन् ।
खेलको भिडियो:
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]