default_image

6 years ago

June 21, 2019

केल्मीको जर्सी नक्कल गर्ने प्रहरीद्वारा पक्राउ

223 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीको जर्सी निर्माता केल्मीको खेल सामाग्री नक्कल गर्ने गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

केहि साताअघि मात्र एन्फाले राष्ट्रिय टोलीको जर्सी नक्कल गर्नेलाई चेतावनी दिएको थियो । उक्त सूचना निस्केको तीन सातापछि प्रहरीले विभिन्न स्थानमा छापा मार्दै केहि व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकुका एसएसपी सहकुल थापाले जर्सी नक्कल गरेको उजुरी परेपछि केहि व्यक्ति पक्राउ परेको जानकारी दिए । उनले विस्तृत विवरण भने पछि सार्वजनिक गरिने बताए ।

गत फागुनमा एन्फा र केल्मीले राष्ट्रिय टोलीले प्रयोग गर्ने नयाँ स्वोरुपको जर्सी सार्वजनिक गरेका थिए । राष्ट्रिय फुटबल टोलीसँगै उमेर समुहका टोलीले प्रयोग गर्ने सामाग्री पनि केल्मीले प्रदान गर्दै आएको छ । नेपालमा केल्मीको विक्री तथा वितरण गर्ने सर्वाधिकार कामारु ट्रेडीङ प्रालिले प्राप्त गरेको र एन्फाको लोगो अंकित जर्सी उक्त संस्थाले मात्र गर्न पाइने सूचनामा उल्लेख थियो ।

एन्फाका अनुसार अन्य संस्थाले संघको लोगो प्रयोग गरेर राष्ट्रिय टोलीले प्रयोग गर्ने जर्सी बनाउन र बेचबिखन गर्न पनि पाइन्न । नेपाली बजारमा केल्मीको लोगो बिना एन्फा लोगोसहित उस्तै स्वरुपको नक्कली जर्सी बाहिरिन थालेपछि एन्फाले सूचना जारि गरेको थियो । सूचना जारि गरेपछि पनि बजारमा नक्कली जर्सी बेच्ने कार्य नरोकिएपछि प्रहरीमा उजुरी गरेर कारवाही अगाडी थालिएको एन्फा स्रोतले जनायो । नक्कल गरिएको अधिकांश जर्सीमा एन्फाको मात्र लोगो रहेको र जर्सी निर्माता केल्मीको भने लोगो हटाइएको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.