default_image

7 years ago

June 22, 2019

सलाहको इजिप्टको संघर्षपुर्ण जित

139 views

0 Bookmark

एजेन्सी – आयोजक इजिप्टले अफ्रिका कप अफ नेसन्समा संघर्षपुर्ण जितसहित विजयी सुरुवात गरेको छ ।

कायरोस्थित कायरो अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा आयोजक इजिप्टले जिम्बाबेलाई १–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो । महमु ट्रेजेगेटले पहिलो हाफमा गरेको गोल र्नै इजिप्टको जितमा निर्णायक बन्यो ।

खेलभर नै जिम्वावेलाई दवावमा राखेको इजिप्टले थप गोल गर्न नसक्दा पहिलो हाफको गोल नै निर्णायक सावित भयो । खेलको आठौं मिनेटमा इजिप्टका महमु ट्रेजेगेटले गोलको मौका खेर फालेको थिए । ११औं मिनेटमा अब्दुल्लाहले पनि मौका खेर फाले । १६औं मिनेटमा मोहम्मद सलाहले गोलको मौका खेर फाल्दा इजिप्ट अग्रता लिनबाट चुक्यो ।

तर, ४१औं मिनटेमा महमु ट्रेजेगेटले एमान अस्राफको पासमा गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा इजिप्टले आधादर्जन गोल पोस्ट आक्रमण बुनेपनि गोल गर्न असमर्थ बन्यो ।

जितसँगै इजिप्ट समूह ‘ए’ मा ३ अंक जोडेको छ । जिम्वावे पुछारमा छ । यो समूहमा कंगो र युगान्डा रहेका छन् । अफ्रिकी महादेशको सबै भन्दा ठुलो प्रतियोगिता अफ्रिका कप अफ नेसन्समा २४ टिम सहभागी छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.