default_image

6 years ago

June 24, 2019

रोहितको पर्सिजाको लिगमा खराब सुरुवात

123 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका भरपर्दा खेलाडी रोहित चन्द सम्मिलित इन्डोनेसियाको लिग वन च्याम्पियन्स पर्सिजा जकार्ताले नयाँ सिजनमा खराब सुरुवात गरेको छ ।

लिगको चौथो खेल सकिँदा पर्सिजा अंक तालिकाको १५ औं स्थानमा छ । ४ खेलमा २ बराबरी र २ हारसँगै पर्सिजा गोलअन्तरका आधारमा रेलिगेसन क्षेत्रभन्दा माथि रहेको छ । अघिल्लो सिजन पर्सिजाले लिग उपाधि जित्दा रोहित लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । यस सिजन भने पर्सिजाले अपेक्षित सुरुवात गर्न सकेको छैन ।

रोहितले भने सबै खेलमा पहिलो रोजाइमा खेल्दै पूरै ९० मिनेट नै मैदानमा बिताएका छन् । उनले यसक्रममा मिडफिल्डमा खेल्दै प्रभावशाली प्रदर्शन पनि गरेका छन् । तर पर्सिजाले नतिजा ल्याउन भने सकिरहेको अवस्था छैन । सिजनको सुरुवाती खेलमा पर्सिजा बारितो पुतेरासँग १-१ को बराबरीमा रोकिएको थियो ।

दोस्रो खेलमा पीएसआइएस सेमाराङसँग २-१ ले पराजित पर्सिजा तेस्रो खेलमा पनि बालि युनाइटेडसँग पराजित भएको थियो । शनिबार भएको पेरसेलाविरुद्धको खेल गोलरहित बराबरीमा सकिएपछि पर्सिजाले दोस्रो अंक जोडेको हो । पर्सिजाले सिजनको सुरुवाती ४ खेल नै अवे मैदानमा खेलेको छ ।

पर्सिजाले अब अर्को लिग खेलमा बुधबार पीएसएस स्लेमानको सामना गर्नेछ । अंक तालिकाको शिर्ष स्थानमा रहेको बाली युनाइटेडले ४ खेलमा ४ जित दर्ता गरेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.