default_image

6 years ago

July 1, 2019

बार्सिलोना र नेयमारको सम्झौता भएको छैन !

129 views

0 Bookmark

एजेन्सी– बार्सिलोनाका उपाध्यक्ष जार्डी कोर्डेनेरले पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड नेयमार क्लबमा फर्कन चाहेपनि अहिले सम्म सम्झौता भने भइनसकेको बताएका छन् । चार वर्ष बार्सिलोनामा बिताएर नेयमार पिएसजी पुगेका थिए ।

विश्व कीर्तिमानी रकममा सन् २०१७ मा पिएसजी पुगेका २७ वर्षे फरवार्ड उच्च प्रदर्शनका बाबजुद क्लबमा पूर्णरुपमा स्थापित हुन असफल भएका छन् । ‘ उनी बार्सिलोना फर्कन चाहन्छन् , बार्सिलोनाका उपाध्यक्षले भने, ‘हामी अहिले टोली पुननिर्माणमा छौं । त्यसैले अहिले यस्तो भन्ने अवस्था छैन ।’

नेयमारले पीएसजी छाडेमा कता जान्छन् भन्ने विषयमा सोधिएको प्रश्नमा कोर्डेनेरले भने, ‘सम्भवत: उनी बार्सिलोना फर्कन चाहन्छन् ।’ तर, उनले नेयमार र क्लबबीच पुनः सम्झौताका लागि कुराकानी नभएको बताएका छन् ।

नेयमार २ सय २० मिलियन युरोमा पिएसजी गएका थिए । उनी गएदेखि पिएसजीले लगातार दुई सिजननै लिग १ को उपाधि जितेको छ । उनले गएको सिजनमा ३६ लिग खेलमा ३४ गोल गरेका थिए । तर पनि ड्रेसिङ रुपमा उनका लागि वातावरण सहज छैन । सहकर्मी एडिन्सन काभानी र किलियन एम्बाप्पेसँग सुमधुर सम्बन्ध नहुँदा उनको खेलमा पनि असर परेको छ ।

स्पेनिस सञ्चारमाध्यमका अनुसार नेयमार आफ्नो तलबमा वर्षको १२ मिलियन कम गरेर भएपनि बार्सिलोना फर्कन तयार रहेको बताइएको छ । एट्लेटिको म्याड्रिडबाट एन्टोनी ग्रिज्मन १ सय २० मिलियन युरोमा बार्सिलोना पुग्ने सम्भावना छ । आयक्सबाट फ्रेन्की डी जोङ ७५ मिलियन युरोमा बार्सिलोना पुगिसकेका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.