default_image

10 years ago

May 26, 2016

बिमलकी बहिनी मनीषा मृत अवस्थामा फेला परिन्

1400 views

0 Bookmark

काठमाडौं – राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर बिमल घर्ती मगरकी बहिनी १७ बर्षे मनीषा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् । नवलपरासी बर्दघाट नगरपालिका ८ भुताहास्थित घरमा उनलाई बिहीबार बिहान मृत अवस्थामा भेटेपछि प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । 

Bimal Gharti Magar Sister Manisha Gharti

विमल र आमाका साथमा मनीषा (बायाँ) । फाइल तस्बिर ।

नवलपरासी फुटबल संघका अध्यक्ष प्रकाश पंगेनीका अनुसार घरमा विमलकी बहिनी एक्लै थिइन् । उनीकी आमा कामको सिलसिलामा अघिल्लो दिन बुटबल गएकी रहिछन्, विमलको घर पुगेर फर्केका पंगेनीले भनेका छन् । बुटबलबाट बिहीबार बिहान घर पुग्दा आमाले छोरीलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको बताइएको छ ।
विमल भने केही दिनअघि फिटनेस परिक्षणका लागि युरोप गएका थिए । पंगेनीका अनुसार विमललाई पनि घटनाको जानकारी गराइसकिएको छ ।

 

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.