10 years ago
May 27, 2016
काठमाडौ – राष्ट्रिय फुटबल टोलीका फरवार्ड बिमल घर्तीमगर त्रिभुवन विमानस्थलबाट सोझै टिचिड् अस्पताल पुगेका छन् । उनकी बिहिनी मनीषा बिहिबार आफ्नै घरमा मृत्य अवस्थमा फेला परेपछि बिमल बेल्जियमको यात्रा छोट्याएर फर्केका थिए ।
बिहान ९:३० मा विमास्थल ओर्ले चक्रपथस्थित आफन्तकी घरमा रहेकी आमालाई लिएर उनी टिचिड पुगेका हुन् । अहिले बिमल आमासँगै अस्पतालमै छन् । बिहनीको लास देखेपछि बिमल भक्कानिएर रोएका थिए । मनीषाको हत्याको आशंका गरिएकोले उनको शव पोस्टमार्टमका लागि काठमाडौं ल्याइएको हो ।
बुधबार एक्लै घरमा भएका बखत मनीषाको मृत्य भएको थियो । आमा बुटबल गएकाले मनीषा घरमा एक्लै थिइन् । बुटबलबाट बिहिबार बिहान आमा घर पुग्दा मनीषा मृत अवस्थामा भेटिएकी थिइन् ।
हत्या आशंकामा प्रहरीले नियन्त्रणमा लिएका आशिष चौधरीले मनीषासँग समान्य झगडा परेको बताएका थिए । चौधरीले दिएको बयानअनुसार फेसबुकमा लेखिएको पोष्टको बिषयमा दुईजनाबीच भनाभन भएको थियो ।
भनाभनको क्रममा मनिषाले आफूलाई एक थप्पड हिर्काएको र आफूले मनिषालाई कुटेको चौधरीले बयानमा भनेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]