10 years ago
May 28, 2016
आज राति हुने च्याम्पियन्स लिगको फाइनलमा खेल्ने दुइ म्याड्रिड टोलीको हेड टु हेड रेकर्ड हेर्ने हो भने एट्लेटिको रियलभन्दा अगाडी देखिएको छ|
गत जनवरी २०१५ देखि अहिलेसम्म रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडले एक आपसमा छ खेल खेलेका छन्| रियलले एक खेलमा जित हात परेको छ भने एट्लेटिको दुइ खेलमा विजयी भएको छ| म्याड्रिड डर्बिका तिन खेल भने बराबरीमा सकिएको छ| गत फेब्रुअरी २७ तारिखमा खेलिएको खेलमा एट्लेटिकोले रियललाइ बर्नाबाउमा गएर १-० ले हराएको थियो| सो खेलमा एट्लेटिकोका लागि एन्टोइन ग्रिज्मनले विजयी गोल गरेका थिए|
विगत छ खेलमा रियलले चार गोल गरेको छ भने एट्लेटिकोले आठ गोल गर्न सफल भएको छ| रियलले सो समयावधिमा १६ पहेंलो कार्ड पाएको छ भने एट्लेटिकोले २५ पहेंलो र एउटा रातो कार्ड पाएको छ|
च्याम्पियन्स लिगमा दुइ वर्षअगाडी जितको संघारमा पुगेको एट्लेटिकोले सर्जियो रामोसको अन्तिम मिनेटको गोलले अतिरिक्त समयमा पुगेर ४-१को हार व्यहोरेको थियो| सोहि खेलको बदला लिदै पहिलोपटक च्याम्पियन्स लिग उपाधि जित्ने दाउमा छ एट्लेटिको|
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]