default_image

10 years ago

May 28, 2016

च्याम्पियन्स लिग फाइनलमा रियलको अग्रता

147 views

0 Bookmark

मिलान (एजेन्सी) – युरोपियन च्याम्पियन्स लिग फुटबल फाइनलको पहिलो हाफमा रियल मड्रिडले १–० ले अग्रता लिएको छ । सहरी प्रतिद्वन्द्वि एट्लेटिको मड्रिडविरुद्ध कप्तान सर्जियो रामोसले नजिकबाट गोल गर्दै रियललाई अग्रता दिलाएका हुन् । १५ औं मिनेटमा टोली क्रुसको फ्रिकिकलाई गेराथ बेलले फ्लिक हेड गरेपछि नजिकबाट रामोसले गोल गरेका हुन् ।

एट्लेटिकोविरुद्ध गोल गरेपछि रियलका कप्तान सर्जियो रामोस ।

एट्लेटिकोविरुद्ध गोल गरेपछि रियलका कप्तान सर्जियो रामोस ।

रामोस तीनै खेलाडी हुन्, जसले दुई बर्षअघि सोही टोलीविरुद्ध इन्जुरी समयमा गोल गर्दै खेललाई थप समयतर्फ धकलेका थिए । जहाँ रियल ४–१ ले विजयी हुँदै १० औं पटक च्याम्पियन्स लिग उपाधि जित्न सफल भएको थियो । अहिले रियाल ११ औं पटक उपाधि जित्ने योजनामा छ । सबैभन्दा बढी च्याम्पियन्स लिग उपाधि जित्ने कीर्तिमान रियलकै नाममा छ । एट्लेटिकोले अहिले सम्म च्याम्पियन्स लिग जित्न सकेको छैन । रियलका स्टार क्रिस्टियानो रोनाल्डोले भने अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेका छैनन् । जारी सिजनमा च्याम्पियन्स लिगमा उनले १६ गोल गरेका थिए । आज फाइनलमा गोल गर्न सके च्याम्पियन्स लिगको एकै सिजनमा सर्वाधिक गोल गर्ने आफ्नै कीर्तिमान उनले भंग गर्नेछन् । तर, मिलानमा उनले अहिले सम्म गोल गर्न सकेका छैनन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.