6 years ago
July 23, 2019
विराटनगर (हाम्रो खेलकुद)– प्रदेश १ सरकारले महिला साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई मंगलबार नगदसहित सम्मान गरेको छ ।

चैतमा विराटनगरमा च्याम्पियनसिपमा नेपाल भारतसँग ३–१ ले पराजित हुँदै दोस्रो भएको थियो । महिला टोलीका खेलाडीलाई प्रदेश सरकारले समान १ लाख रुपैयाँले सम्मान गरेको हो । प्रदेशका मुख्य मन्त्री शेरधन राईले खेलाडी तथा अफिसियललाई सम्मान गरेका थिए । उपाधि जितेको खण्डमा जनही २ लाख रुपैयाँ दिने प्रदेश सरकारले घोषणा गरेको थियो ।
सम्मान कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, प्रवक्ता किरण राई लगायतको उपस्थिति थियो । यसअघि विराटनगर महानगरपालिकाले सोमबार महिला फुटबल टोलीका सदस्यलाई जनही ५० हजारसहित सम्मान गरेको थियो ।
पाँचौं संस्करणमा आइपुग्दा नेपाल अहिले सम्म च्याम्पियन बन्न सकेको छैन । यद्दपी नेपालले एउटा बाहेक सबैमा फाइनल खेलेको छ । सबै फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]