default_image

6 years ago

July 24, 2019

खेलकुद मन्त्रायलबाट खेलाडी र पत्रकार सम्मानित

181 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विकासमा योगदान पु¥याएको भन्दै खेलाडी, प्रशिक्षक, अफिसियल र पत्रकारलाई बुधबार एकै थलोमा सम्मान गरेको छ ।


युवा तथा खेलकुद मन्त्रालय सिहंदरबारमा बुधबार आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत सुनार विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले नेत्रहिन महिला क्रिकेट टोली, महिला फुटबल टोली, एथलेटिक्स, ब्याटमिन्टन, पारा खेलाडी र पत्रकार गरि ५० जनालाई नगद सहित सम्मान गरेका हुन् ।


हङकङमा सम्पन्न युथ एथलेटिक्सका स्वर्ण विजेता अजित कुमार यादवलाई १ लाख तथा उनका प्रशिक्ष्ँक धनीराम चौधरीलाई ५० हजार हजार रुपैयाँ प्रदान गरिएको थियो । यू १५ च्याम्प्यिनसिपका विजेता ब्याटमिन्टनका प्रिन्स दाहाललाई १ लाख रुपैया दिइयो । यद्दपी चीनमा एसिया च्याम्पियनसिपमा भाग लिए गएका कारण प्रिन्स कार्यक्रममा उपस्थित थिएनन् ।


संयुक्त अरब इमिरेन्ट्स युएईमा भएको स्पेशल ओलम्पिक एथलेटिक्सका स्वर्ण विजेता अजय तामाङलाई १ लाख र बोसियामा रजत ल्याउने महिमा कोइरालालाई ५० हजार रुपैया“ले सम्मान गरिएको हो । पाकिस्तानमा सम्पन्न नेत्रहिन महिला क्रिकेटका विजेता टोलीका १५ खेलाडीलाई जनही ५० तथा ७ जना अफिसीयललाई जनही २५ हजार प्रदान गरियो ।

विराटनगरमा चैतमा सम्पन्न पा“चौ महिला साफ च्याम्पियनयिसपको उपविजेता नेपाली महिला टोलीका २० सदस्यलाई जनही ३२ हजार ५ सय तथा प्रशिक्ष्ँक हरि खड्कालाई १६ हजार २ सय ५० रुपैया“ले सम्मान गरिएको थियो । सोही अवसरमा कान्तिपुर टेलिभिजनका पत्रकार प्रदिप लेखी र राजधानी दैनिकका रामसुदन तिमल्सिना समान ५० हजार रुपैया“ले सम्मानित गरिएको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.