default_image

6 years ago

July 27, 2019

वल्भ्सद्वारा रियल म्याड्रिडका खेलाडी अनुबन्धित

110 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको क्लब वल्भरह्याम्पटन वान्डरर्सले स्पेनी महारथी रियल म्याड्रिडका डिफेन्डर जेसस भालेजोलाई अनुबन्धित गरेको छ ।

प्रिमियर लिग क्लब वल्भ्सले रियलसँग एक सिजन लोनका लागि सम्झौता गरेको हो । २२ वर्षीय भालेजोले गत जुनमा स्पेनको यू-२१ टोलीलाई युरो उपाधि दिलाउँदा कप्तान गरेका थिए । उनी सन् २०१५ मा रियल जारागोजा छाडेर म्याड्रिड पुगेका थिए । त्यसयता दुई पटक लोनमा अन्यत्र खेलेका भालेजोको लागि यो तेस्रो अवसर हो । उनले रियालमा रहेर पहिलो रोजाइमा भने बिरलै खेल्न पाएका छन् ।

गत सिजन राम्रो अवसर पाएका उनले चोटका कारण ७ खेलमा मात्र अवसर पाए । हालसम्म उनले रियलका लागि च्याम्पियन्स लिग सहित १९ खेल खेलेका छन् । वल्भ्समा उनले अर्को साता हुने युरोपा लिग छनोट अन्तर्गत क्रुजेडरविरुद्ध दोस्रो लेगको खेलमा सहभागिता जनाउने छन् ।

वल्भ्सले यस सिजन दुई महत्त्वपूर्ण ट्रान्सफर पूरा गरिसकेको छ । गत सिजन लोनमा क्लब आएका फरवार्ड राउल जिमिनेज र मिडफिल्डर लिआन्डर डेन्डोन्करले क्लबमा स्थायी सम्झौता गरिसकेका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.