default_image

6 years ago

August 23, 2019

युभेन्टस प्रशिक्षक सार्री दुई खेल अनुपस्थित हुने

127 views

0 Bookmark

एजेन्सी – इटालियन जाइन्ट युभेन्टसका प्रशिक्षक मौरिसियो सार्री इटालियन सिरी ‘ए’ को सुरुवाती दुई खेलमा ‘टच लाइन’ बाहिर रहने भएको छ ।

चेल्सीका पुर्व प्रशिक्षकसमेत रहेका ६० वर्षीय सार्रीलाई निमोनियाले ग्रसित पारेपछि अहिले नियमित उपचारकै क्रममा रहेका कारण सिरी ‘ए’ सुरुवाती दुई खेलमा टच लाइन बाहिर रहने भएको हुन् ।

उनको बिहीबार थप परीक्षण गरिएको थियो । परीक्षणमा उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेपनि अझै आराम गर्नुपर्ने क्लबले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साविकको विजेता युभेन्टसले यही शनिबार पार्मासँग खेल्दै सिरी ‘ए’ को उपाधि रक्षा अभियान थाल्नेछ । त्यसपछि दोस्रो खेलमा युभेन्टसले नेपोलीसँग १ सेप्टेम्वरमा खेल्नेछ ।

बिरामी अवस्थामै रहेपनि सार्री बिहीबार क्लबको प्रशिक्षण स्थल (युभेन्टस ट्रेनिङ सेन्टर) पुगेका थिए । जहाँ उनले आफ्नो सहयात्रीलाई अबको दुई खेलमा नहुने र पुर्ण रुपमा निको भएका फर्कने बताएका छन् ।

सार्री यसै सिजन इंग्लिस क्लब चेल्सीबाट युभेन्टसको प्रशिक्षकमा नियुक्त भएका थिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.