default_image

6 years ago

August 23, 2019

चेम्वरलेनले लिभरपुलमा सम्झौता थपे

114 views

0 Bookmark

एजेन्सी – मिडफिल्डर एलेक्स अक्सलेड चेम्वरलेनले मर्सिसाइड क्लब लिभरपुलमा सम्झौता नवीकरण गरेका छन् । चेम्वलेनले लिभरपुलसँग थप पाँचवर्षको लागि सम्झौता नवीकरण गरेको हो ।

यससँगै इंग्ल्यान्डका २६ वर्षीय मिडफिल्डर चेम्वरलेन २०२३ सम्म लिभरपुलमै रहने भएको छ । २५ अप्रिल २०१८ मा च्याम्पियन्स लिगको सेमिफाइनलमा एएस रोमाविरुद्धको खेलमा घुडाको सिरियस इन्ज्युरीबाट करिव एक वर्ष विश्राममा रहेका चेम्वरलेनले २६ अप्रिल २०१९मा हर्डसफिल्डविरुद्धको ५–० को जित निकालेको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदानमा प्रवेश गर्दै पुनरागमन गरेका थिए ।

चेम्वरलेन २०१७ मा इंग्लिस क्लब आर्सनलबाट ३५ मिलियन पाउन्डमा आबद्ध भएका थिए । त्यसयता चेम्वरलेन टोलीको महत्वपुर्ण सदस्य रहिसकेका छन् ।

लिभरपुलमा सम्झौता नवीकरण भएसँगै चेम्वरलेनले आफु निकै उत्साहित रहेको बताएका छन् । ‘निकै उत्साहित छु । मैले एक वर्ष खेल गुमाए । मलाई लिभरपुलले विश्वास गरेर सम्झौता नवीकरण हुदा साँच्चिकै नै उत्साहित छु । मैले एक वर्षमा हराएको मेरो समयलाई फिर्ता गर्ने उचित अवसर आएको छ । आशा छ, यो सिजन राम्रो गर्ने प्रयासमा हुनेछु ।’ चेम्वरलेनले सम्झौता नवीकरणपछि भनेका छन् ।

चेम्वरलेनलले नयाँ सिजनमा १६ महिना पछि पुर्व क्लब साउथह्याम्टनविरुद्ध २–१ को जित निकालेको खेलमा पहिलो रोजाईमा सुरुवात गरेका थिए । उनले लिभरपुलका लागि ४७ खेलमा ५ गोल गरेका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.