10 years ago
June 2, 2016
काठमाडौं (हाम्रो खेलकुद )- झम्सिखेल युवा क्लब र मनोहरा युनाइटेड युवा क्लबले सहिद स्मारक सी डिभिजन लिगमा आफ्नो शीर्षतालाई जोगाइ राखेका छन् । बिहीबारको खेलमा झम्सिखेलले सानेपा युथ क्लबलाई २–० ले तथा मनोहरा युवा क्लब खालीबारी युवा क्लबलाई ३–१ ले हरायो ।
पछिल्लो जितपछि झम्सिखेलको समूह ‘ए’ मा ७ अंक पुगेको छ । ४ खेलमा चौथो जित हासिल गरेको महोहरा १२ अंकका साथ समूह ‘बी’ को शीर्षस्थानमा अझै मजबुत बनेको छ । आकाश लामाले ३४ औं मिनेटमा गोल गर्दै मनोहरालाई अग्रता दिलाएका थिए । ६२ औं मिनेटमा खालीबारीका प्रसन मगरले बराबरी गोल फर्काएका थिए । तीर्थ बस्नेतले ८४ औं मिनेटमा गोल गरेपछि मनोहराले पुनः अग्रता लियो भने विक्रम बिसुंखेले इन्जुरी समयको तेस्रो मिनेटमा अर्को गोल थपेपछि टोलीको जित पक्का बन्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा विकास लामाले दुवै गोल गरेपछि झम्सिखेलले तेस्रो खेलेमा दोस्रो जित हासिल ग¥यो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]