default_image

6 years ago

August 23, 2019

वल्भ्स युरोपा लिगको छनोट नजिक

157 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब वल्भ्स युरोपा लिगको छनोटको नजिक पुगेको छ । प्लेअफ अन्तर्गत बिहीबार राति भएको पहिलो लेगको खेलमा इटालियन क्लब टोरिनोमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै वल्भ्स युरोपा लिगको छनोट नजिक पुगेको हो ।

अवे मैदानमा पाएको जितले वल्भ्स छनोटनजिक पुगेको हो । अब वल्भ्सले घरेलु मैदानमा अगष्ट २९ मा हुने दोस्रो लेगमा बराबरी वा १–० ले पराजित भएको अवस्थामा १९८०/८१ पछि पहिलोपटक युरोपियन च्याम्पियनमा छनोट हुनेछ ।

प्रतिस्पर्धात्मक बनेको खेलमा अग्रता वल्भ्स खेलको ४३औ मिनेटमा सिल्भा नासिमेन्टोको आत्मघाति गोलबाट अघि बढेको थियो । डियोगो जोटाले ५९औ मिनेटमा गोल गर्दै वल्भ्सको अग्रता दोब्बर बनायो ।

६१औ मिनेटमा लोरेन्जो डी सिल्वेस्ट्रीले गोल गर्दै घरेलु टोली टोरिनोलाई खेलमा फर्काउने संकेत दिए । ७२औ मिनेटमा राउल जिमेनेजले गोल गर्दै वल्भ्सलाई खेलमा ३–१ ले अघि बढाए । खेल सकिन एक मिनेट बाँकी छदाँ एन्ड्रिया बेलोटीले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीको हार अन्तर घटाउने काम गरेपनि खेलमा फर्कन निकै ढिला भएको थियो ।

टोरिनोलाई युरोपो लिगमा छनोट हुन दोस्रो लेगमा कम्तीमा पनि २–० को जित आवश्यक छ ।

प्ले अफका अन्य खेलको नतिजा
एजे अल्कारमारविरुद्ध रोयल एन्टवर्प (१–१)
एफसी एसबीविरुद्ध भिटोरिया (०–०)
जेन्टविरुद्ध रिजेका (–१)
पीएसभी इन्डोभेनविरुद्ध एपोलोन (–०)
स्टार्सवर्गविरुद्ध फ्रान्कफर्ट (–०)
ब्रागाविरुद्ध स्पार्कटाक मस्को (–०)
सेल्टिकविरुद्ध एलके (–०)
लिनफिल्डविरुद्ध क्वारावाग (३–२)
इस्पान्योलविरुद्ध जोर्या (–१)
पार्टीजान वियोग्राडविरुद्ध मोल्डे (–१)
स्लोभेन ब्राटिसलाभा विरुद्ध पाओक (–०)

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.