6 years ago
August 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले साफ यू १५ फुटबल च्याम्पियनसिपमा पहिलो जित हासिल गरेको छ । भारतको कल्याणीमा जारी च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले शुक्रबार श्रीलंकालाई २–० ले हराएको हो ।

पहिलो खेलमा मंगलबार भारतसँग ५–० को फराकिलो हार बेहोरेको नेपाली टोलीले दोस्रो खेलमा जितको लय समातेको छ । नेपाललाई शुक्रबार श्रीलंकाविरुद्ध जित दिलाउन शशांक बोहोरा र अशिम राईले गोल गरेका थिए ।

दोस्रो हाफको पहिलो मिनेटमा शंकाकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । अशिमले खेल सकिन ७ मिनेट अघि गोल गर्दै टोलीको जितलाई पक्का गरेका थिए । ५ राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपमा राउन्ड रोविन लिगपछि शीर्ष २ टोली फाइनलमा पुग्नेछ ।

नेपालले अर्को खेल भदौ १० गते साविक विजेता बंगलादेशसँग खेल्ने छ । त्यस्तै नेपालले लिग राउन्डको अन्तिम खेल १२ मा भुटानविरुद्ध खेल्नेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]