6 years ago
August 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विंगर प्रकाश बुढाथोकी न्यूरोड टिम (एनआरटी) मा आबद्ध भएका छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबबाट प्रकाश एनआरटी पुगेका हुन् ।

उनीसँग एक वर्षको सम्झौता भएको एनआरटीका महासचिव नरेन्द्रमान श्रेष्ठले हाम्रो खेलकुदलाई जानकारी गराए । अनुबन्ध रकम भने खुलाइएको छैन । महासचिव श्रेष्ठले लिग नजिकिदै गर्दा केही सिनियर खेलाडीहरुलाई टोलीमा समेट्ने क्रममा प्रकाशलाई अनुबन्ध गरेको बताए ।
क्लबमा अझै सिनियर खेलाडीको कोटा रहेकाले नाम चलेका खेलाडी अनुबन्ध गर्ने प्रयास भइरहेको श्रेष्ठले जानकारी दिए । अघिललो सिजनका युवा खेलाडीहरु पनि रहेकोले यसपटक अझै टोली अझै बलियो हुने क्लबले विश्वास लिएको श्रेष्ठले सुनाए ।

प्रकाश अघिल्लो सिजन लिग च्याम्पियन मनाङमा अनुबन्ध भएपनि पहिलो खेलमै चोट लागेपछि उनले बाँकी सिजन बेन्चमा बिताउनु परेको थियो । चोटमुक्त भएपनि उनले मनाङबाट मोफसलका विभिन्न गोल्डकप खेले । मनाङ जानुअघि प्रकाशले एक सिजन भुटानी लिगमा बिताएका थिए ।त्यसअघि उनले रुस्लान थ्री स्टार क्लबमा केहि वर्ष बिताएका थिए ।
अघिल्लो सिजन रेलिगेसन विनाको लिगमा एनआरटी ६ अंक जोडेर पुछारमा रहेको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसपटकको ‘ए’ डिभिजन लिग मंसिर १३ गते गर्ने घोषणा गरेको छ । नेपालमा मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) तोकिएको समयमा हुने खण्डमा लिग सर्ने निश्चित छ । १३ औं साग मंसिर १५ देखि २४ गते सम्मका लागि तय भएको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]