6 years ago
August 24, 2019
एजेन्सी – पोर्चुगलका युवा मिडफिल्डर रेनाटो सान्चेसले अन्तत: बायर्न म्युनिख छाडेका छन् । उनी १५ मिलियन युरोमा फ्रान्सेली क्लब लिल पुगेका छन् ।

सन् २०१६ को युरोमा पोर्चुगलका लागि प्रभावशाली प्रदर्शन गर्दै बायर्न पुगेका सान्चेसले जर्मनीमा भने राम्रो प्रदर्शन गर्न सकेनन् । पोर्चुगललाई युरो कपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेपछि बायर्नले मोटो रकम खर्चेर उनलाई बेन्फिकाबाट अनुबन्धन गरेको थियो । विश्व फुटबलका उत्कृष्ट मध्यका मिडफिल्डर बन्ने अनुमान गरिएपनि उनले त्यसयता भने राम्रो प्रदर्शन गर्न सकेनन् । प्रिमियर लिग क्लब स्वान्सीमा एक सिजन लोनमा बिताएका उनले त्यहाँपनि प्रभाव जमाउन सकेनन् ।
बायर्नमा बस्ने उनको चाहना भएपनि मैदानमा उची समय नपाएपछि उनले क्लब छाड्ने निर्णय लिएका थिए । तर बायर्न भने उनलाई सजिलै जान दिने पक्षमा थिएन । यसअघि दुई पटक बायर्नले उनको आग्रहलाई अस्विकार गरेको थियो । सान्चेसले सार्वजनिक रुपमा नै बायर्नमा मौका नपाएको बताएपछि क्लबले लिलको प्रस्ताव स्वीकार गरेको हो । उनले शुक्रबार फ्रान्स पुगेर ५ वर्षको सम्झौता गरिसकेका छन् ।
बायर्नका प्रमुख अधिकृत कार्ल-हाईन्ज रुमिनेजका अनुसार सान्चेसले खेल्ने मौका नपाउनु नै उनले क्लब छाड्नुको मुख्य कारण हो । सन् २०२० मा हुने युरोका लागि पोर्चुगलको राष्ट्रिय टोलीमा पर्नु उनको लक्ष्य रहेको र बायर्नमा उचित खेल्ने समय नपाउने भएकाले उनी क्लब छाड्न बाध्य भएको कार्लले जानकारी दिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]