default_image

6 years ago

August 24, 2019

स्पेनिस फरवार्ड टोरेसको सन्न्यास

105 views

0 Bookmark

एजेन्सी – स्पेनलाई सन् २०१० को विश्वकप र सन् २००८ र २०१२ को युरो जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका फरवार्ड फर्नान्डो टोरेसले खेलजीवनबाट सन्न्यास लिएका छन् ।

जापानको सागन टोसु फुटबल क्लबमा रहेका टोरेसले ३५ वर्षको उमेरमा अन्तिम खेल खेल्दै आफ्नो खेलाडी करिअरलाई बिट मारेका हुन् । उनको टोलीले अन्तिम खेलमा स्पेनिस मिडफिल्डर आन्द्रेस इनीएस्टा सम्मिलित भिसेल कोबेसँग ६-१ को पराजय भोग्यो । इनिएस्टा र टोरेसले स्पेनका लागि उमेर समूहको टोली देखि नै संगै खेलेका थिए ।

एटलेटिको म्याड्रिडबाट व्यावसायिक करिअर सुरु गरेका उनले प्रिमियर लिग क्लब लिभरपुलबाट खेल्दै उच्च प्रदर्शन गरेका थिए । त्यसपछि प्रिमियर लिगको कीर्तिमानी ट्रान्सफरमा चेल्सी पुगेका उनले सोचेअनुरुप प्रदर्शन गर्न सकेनन् ।

चेल्सीबाट लोनमा एसी मिलानबाट समेत उनले केहि समय खेले । खेल जीवनको अन्त्यतिर एटलेटिको म्याड्रिडनै फर्किएका टोरेसले जापानी क्लबबाट खेल्दै बिदा लिएका हुन् । टोरेसले स्पेनका लागि १ सय १० खेल खेल्दै दुई पटक युरो कप जिताउँदा दुवै फाइनलमा गोल गरेका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.