default_image

6 years ago

August 24, 2019

साफ यु १५ – प्रारम्भिक चरणमा ४२ खेलाडी

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा अर्को महिना आयोजना हुने साफ यू १५ महिला च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक छनोटबाट ४२ खेलाडीलाई प्रशिक्षणमा डाकेको छ । ४२ मध्ये ७ खेलाडी वैकल्पिक हुन् ।

असोज २२ देखि २८ आयोजना हुने च्याम्पियनसिपमा नेपाल, भुटान, भारत र बंगलादेशको सहभागिता रहेको छ । केहि साताको प्रशिक्षण पछि अन्तिम टोलीको छनोट गरिने एन्फाले जनाएको छ ।

थम्पुस्थित चाम्लिमिथाङ रगंशालामा नेपालले असोज २२ गते भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाली टोलीले असोज २४ गते बगंलादेश र २६ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रारम्भिक चरणमा पर्न सफल खेलाडीको नामावली

साफ यु १५ महिला च्याम्पियनसिपको खेल तालिका

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.